(१) संस्थानको विनियम ०३१ मा “समितिले गरेको निर्णयहरु कार्यान्वयन गर्ने र संस्थानको सम्पूर्ण कार्य सम्पादन गर्ने गराउने उत्तरदायित्व महाप्रबन्धकको हुनेछ” भन्ने व्यवस्था रहेबाट मुद्दा दायर गर्ने सम्बन्धमा प्रष्ट व्यवस्था नदेखिए तापनि संस्थानको सम्पूर्ण कार्य गर्…
(१) औ.व्य. ऐन, ०३८ को दफा १४(१) ले औ.व्य.ऐन, ०३० को सुविधालाई कायम राखेको हुँदा अन्य कुनै निर्णय आदेशबाट उद्योगले उपभोग गरी रहेको तथा गर्न पाएको बिक्री करको सुविधाबाट बञ्चित हुनसक्ने कानूनी व्यवस्था नभएकोमा त्यसको विपरीत निवेदकबाट कच्चा पदार्थ र उत्पादित सामान…
(१) जुन जुन ऐनको त्रुटि देखाई निर्वाचन बदर गरी पाउँ भन्ने समेत दावी लिएको छ सो सम्बन्धमा निर्वाचन विशेष अदालतको फैसलामा उल्लेख भएको नपाइदा मु. ऐन अ.बं.१८० नं.बमोजिम खारेज गरेको निर्वाचन विशेष अदालतको फैसला कानून अनुरुप नभएकोले नि.वि.अ.को फैसला उत्प्रेषणको आदेश…
(१) घरमा आफैं बस्ने भनी उल्लेख नगरी व्यापार गर्न भन्ने उल्लेख गरेकोमा र घर बनाउनेको ८ नं. को आफैं बस्ने कुरामा मात्र उठाउन पाउने भन्ने व्यवस्थाले आफैंलाई बस्न र व्यापार गर्न भन्ने कुरा घर धनीलाई आवश्यक परेको भन्ने जनाउने र घर धनीलाई चाहिएमा उठाउन पाउने । (प्रक…
(१) सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रबाट उपचार प्रदान हुनको लागि निर्विवाद हक स्थापित गराउन सक्नु पर्ने, विवादास्पद हकको र विवादास्पद नाताको सम्बन्धमा असाधारण अधिकारक्षेत्र प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. ९)
(१) निवेदकको के कसो र कुन किसिमको गतिविधि, कृयाकलापबाट शान्ति व्यवस्थामा खलल पुग्न सक्ने हो सो को पुष्टि निवेदकलाई दिइएको थुनुवा पुर्जीबाट खुल्न सकेको नपाइनुको साथै सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(३) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने किसिमको स्थिति र अ…
(१) प्रतिउत्तर दिने कानूनी हकको सिलसिलामा नै भए पनि आफ्नो भाइ छोरालाई आफ्नो भाइ छोरा होइन, गैर व्यक्तिको छोरा भनी देखाएकोबाट वादीको इज्जतमा धक्का पुग्ने नै देखिँदा यस्तोमा गाली बेइज्जती गरेको होइन भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. १०)
(१) सामान्य ज्ञानको मानिसलाई पनि १५ दिनसम्म अन्न पानी बन्द गरी थुन्दा मानिस मर्छ भन्ने कुराको जानकारी हुन्छ भनी अनुमान गर्नुपर्ने । (प्रकरण नं. १९) (२) मानसिक स्थिति विक्षिप्त भएको आफ्नो छोरालाई मनस्थिति परिवर्तन हुन्छ कि भन्ने आधारमा कोठामा थुनेको अवस्थामा मृ…
(१) वारदात नै भए गरेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुन नसकेको स्थितिमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायको दृष्टिमा मिल्ने नदेखिने । (प्रकरण नं. ४१) (२) पुनरावेदन नपरे पनि अ.बं.२०५ नं. ले इन्साफ सजायतर्फ हेर्न मिल्ने । (प्रकरण नं. ४१)
(१) बन्देजपत्र बमोजिम अंशियारले बराबरका दरले बाँडी खाने उल्लेख भएकोबाट आमा बाबु दुवैको मृत्यु उप्रान्त जो बाँकी रहन्छ त्यसमा मात्र वादीले आधि भाग पाउने देखिने, आमा जीवित रहेको अवस्थामा बाबु परलोक हुँदैमा उक्त सम्पत्तिमा वादीको आधा लाग्छ भन्न नमिल्ने । (प्रकरण…
(१) जालसाजी मुद्दाबाट निस्कृय भएको घरसारको बण्डापत्रबाट वादीले अंश पाई सकेको भनी ठहर गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १२) (२) वादी र प्रतिवादीहरुले बण्डापत्र समेत गरी छुट्टी भिन्न भएको भनी देखाएको मितिलाई वादी प्रतिवादीहरु मानु छुट्टिएको मिति कायम मान्नु पर्न…
(१) विशेष अवस्थामा सफाइको सबूद पेश गर्ने अवसरबाट बञ्चित गर्ने प्रयोजनको लागि नि.से.ऐन, २०१३ दफा ६ को उपदफा १(ख) बमोजिम पर्चा खडा गर्न सकिने, तर यसबाट उचित र पर्याप्त कारण बिना नै पर्चा खडा गरी सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १३) (२) विश्वसनीय सबूद आउन सक्छ वा…
(१) पुनरावेदन गर्न पाउने वैकल्पिक उपचारको बाटो हुँदाहुँदै सो बमोजिम पुनरावेदनको मार्ग अवलम्बन नगरी पर्न आएको रिट निवेदनमा असाधारण अधिकारक्षेत्र प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. १४)
(१) हदबन्दी छूट सम्बन्धमा उद्योगको औचित्य हेरी छूट दिने वा नदिने कुरा श्री ५ को सरकारले आफ्नो स्वविवेक प्रयोग गरी निर्णय गर्ने कुरा हो, हदबन्दी छूट दिनै पर्छ भनी कानूनले बाध्यात्मक व्यवस्था गरेको नपाइने, यस्तोमा समानताको व्यवहार भएन भन्न मिल्ने नदेखिने । (प्रक…
(१) घरबास भएको मोहियानीको जग्गा खरीद बिक्री हुनसक्ने भएबाट यस्तो मुद्दा जिल्ला अदालतबाट हेर्न पाउने । (प्रकरण नं. १६) (२) वादीले नापीमा समेत लेखाई देखाई गरी विवादको जग्गामा वादी मोही जनी नापी भएको जग्गामा गाउँ पञ्चायतबाट समेत स्वीकृति प्राप्त गरी घर बनाई बसोबा…
(१) जारी भएको म्यादमा प्रतिवादी नफिराई गुजारी बसेकोबाट आफ्नो हक छाडिदिनु प्र.ले दिएको विवाद उठाएकोबाट हक निखनाई दिने ठहराएको मालपोत कार्यालयको निर्णयलाई जिल्ला कार्यालयबाट सदर गरेको स्थितिको विवादउपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरी क्षेत्रीय अदालतबाट आदेश…
(१) पटक–पटक मुल्तवी रहनुको साथै अन्य आदेश र कार्यवाहीहरुले गर्दा समेत पक्षले अनावश्यक दुःख भोग्न परेको तथ्य मिसिलबाट विद्यमान देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को संशोधन सहितको दफा १६(२) ले दिएको अधिकार प्रयोग गरी विन्तिपत्रमा उल्लेख भएको अंश मुद्दा र सोस…
(१) वादीले दिएको फिरादमा लागेको निजको ल्याप्चे शंख जातको नै देखिन आएकोले नभएको जालसाजी मानिस खडा भई फिराद दिएको भनी दावी लिई फिराद दिन सक्नु पर्ने नगरेकोबाट पुनरावेदकतर्फको जिकिरलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११) (२) लिखत गराई लिनेले लिखत गराई लिने सबै…
(१) लिखतहरु मध्ये वादीले बिक्री गरेको जग्गा कसैको हक नलाग्ने आफ्नो एकलौटी हकको जग्गा भनी देखाई बिक्री गरेको, सो लिखतमा आफूले सगोलमा रहेका भनी दावी लिएका कुनै अंशियारलाई साक्षी नराखेकोबाट वादीको आफ्नै छुट्टै व्यवहार देखिने । (प्रकरण नं. १३) (२) स्वतन्त्र रुपबाट…
(१) अदालतमा आई बयान गर्दा अन्तै रहेको भनी देखाई इन्कारीमा रहेको कुरा निजको साक्षीहरुबाट पुष्टि भइरहेको छँदै दावी बमोजिम अभियुक्तहरुले अपराध गरेको भन्न कानूनसंगत नदेखिने । (प्रकरण नं. १६)