नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3636 · वि.सं. २०४५

नि.नं. 3636 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बन्देजपत्र बमोजिम अंशियारले बराबरका दरले बाँडी खाने उल्लेख भएकोबाट आमा बाबु दुवैको मृत्यु उप्रान्त जो बाँकी रहन्छ त्यसमा मात्र वादीले आधि भाग पाउने देखिने, आमा जीवित रहेको अवस्थामा बाबु परलोक हुँदैमा उक्त सम्पत्तिमा वादीको आधा लाग्छ भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) बाबु आमा दुवैजनाको शेषपछि मात्र सो बाँकी रहेको सम्पत्ति अंशियारहरुले बाँडी खान पाउने भई बाबुको भागमा परेको विवादका जग्गा आमाले बिक्री गरेकोमा आमा जीवित छँदै वादीको दावी लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3636
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2045/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3636
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्