(१) जबरजस्ती तवरले कागज गरे गराए होलान् भन्न केवल वादी समर्थित साक्षीकै बकपत्रको आधारमा मिल्ने नदेखिने । (प्रकरण नं. १२) (२) केवल अदालतमा आई दावीको समर्थन गरी बकी लेखाई दिँदैमा वादी दावी कानूनसंगत रहेछ भन्न मान्न न्यायिक दृष्टिबाट नमिल्ने । (प्रकरण नं. १२) (३)…
(१) जिउ मास्ने बेच्ने महलको १ नं. मा कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्न हुँदैन भन्ने प्रतिबन्ध लगाएको देखिने । (प्रकरण नं. १७) (२) केटीलाई बेच्न लगेको र बेच्न नपाउँदै पक्राउ भएको भन्ने देखिन नआएको हु…
(१) तत्काल प्रचलित अंशबण्डाको ऐनले मानो छुट्टिएको लिखत हुनु पर्ने व्यवस्था गरेको तर त्यस प्रकार मानो छुट्टिएको लिखत भनी प्रतिवादीले देखाउन र प्रमाणमा पेश गर्न नसकेको स्थितिमा मानो छुट्टिइएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) तायदातीमा देखाएको जग्गा प्रतिवादील…
(१) ठेक्कामा हिस्सेदार बनाएको लिखत प्रमाण बेगर हिस्सेदार भन्न नमिल्ने । (प्रकरण नं. १२) (२) पैसा भुक्तानी लिने मन्जूरनाममा पाटनर भनी लेखिएको आधारमा हिस्सादार भन्न नमिल्ने । (प्रकरण नं. १२)
(१) जो मोही हुन्छ उसैसंगबाट नै कूतबाली भराउने हो, साविक मोही जीवित रहेको भए निजलाई मरेको भनी निजको जेठो छोरासंग कूतवाली भराई पाउँ भनी नालिश दिनु पर्ने औचित्य नरहने । (प्रकरण नं. १३) (२) मोही मरिसकेको भनी दावी लिई मोहीको जेठो छोरा उपर बाली मुद्दा दिई बाली भरी प…
(१) श्री ५ को सरकारले वेतन दर लागू हुने कुनै पनि मिति तोक्न सक्ने । (प्रकरण नं. ९) (२) वेतन वृद्धि गरी कानून बमोजिम कामदारहरुलाई दिएको सुविधामा पश्चातदर्शी निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ९)
(१) लुटपिट मुद्दा परी विपक्षी बनी सकेका व्यक्तिहरुले बकेको बकपत्र विश्वासप्रद नदेखिने । (प्रकरण नं. १६) (२) नाता कायम मुद्दामा क्षेत्रीय अदालतको फैसलाको आधारमा मगाइएको तायदातीलाई हाल यस अदालतको विचाराधीन रहेको सोही नाता कायम मुद्दामा प्रमाणको रुपमा लिई सो तायद…
(१) सबूद प्रमाण अनुसार इन्साफ हुँदा चारजना भन्दा कम प्रतिवादीहरुले डाँका अपराध गरेको ठहर हुन सक्छ तर चार जना भन्दा बढी प्रतिवादीरुले डाँका गरेको ठहर हुन नै पर्छ अन्यथा डाँका वारदात कायम हुन नसक्ने भन्ने कानूनसंगत नहुने । (प्रकरण नं. ३३) (२) साक्षीहरुको बकपत्रह…
(१) नासो धरौटको महल अन्तर्गत पर्ने गरी नासो धरौट राख्दा दिंदा लिने दिनेको बीच कुनै लेनदेन नहुने जबकी लेनदेनको महल अन्तर्गत पर्ने गरी बन्धकी धरौट दिँदा लिने दिने दुईको बीच लिनु दिनु समेत हुने । (प्रकरण नं. १३) (२) लिने दिनेको बीचमा लेनदेन कारोबार गरी चल धनमाल ध…
(१) लिखत पास भएको मिति थाहा भएको भनी देखाएपछि सो मितिको आधारमा थैली यकीन गर्न पर्नेमा वादीले कुनै किसिमले थैली थाहा पाउने प्रयास गरेको कुरा आफ्नो फिरादमा लेखी देखाउँन नसकेकोले हाल बहाल रहेको लेनदेन व्यवहारको १६ नं. अन्तर्गतको फिराद परेको भन्न मिल्ने देखिन नआउन…
(१) अनिश्चित स्थितिमा खाली शंकाजनक रहेको झगडाको आधारमा मात्र दावी बमोजिम अभियुक्तले मार्ने मनसायले ट्रकबाट किचाई मारेको भनी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. १७)
(१) कर्जा असूल गर्नु पर्ने संस्था वा व्यक्तिले आफूकहाँ रहेको सुरक्षण मध्ये कुनै सुरक्षणबाट असूल गर्न खोजेकोलाई कानून विपरीत भएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९)
(१) न्यायिक अधिकार प्रयोग गर्ने कुनै पनि अधिकारीले आफ्नो अधिकार प्रयोग गर्दा सम्पूर्ण फाइल अध्ययन गरी निवेदनमा लिइएको दावी विपक्षी पक्षबाट लिइएका जिकिर सो दावी वा जिकिरलाई प्रमाणित वा पुष्टि गर्ने प्रमाण छ छैन र प्रमाण भए पनि प्रमाणहरु सम्बद्ध छन छैनन सबै सबूद…
(१) संयुक्त दर्ता भएको जग्गा मध्येबाट आफ्नो हक बिक्री गर्न पाउने नै देखिँदा आफ्नो भागको जग्गा बिक्री गरेकोलाई कानून विरुद्ध भन्न नमिल्ने । (प्रकरण नं. १४)
(१) विवादीत कित्ता कित्ताको घर जग्गाहरु प्रतिवादीले अंश मुद्दामा तायदाती फाँटवारी दिंदा उल्लेख नगरेकोबाट निजले दबाए छपाएको होइन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) (२) सगोलमा रहेको भन्ने देखिन आएको अवस्थामा एकासगोलका परिवारका सदस्य जस्का नाउँमा सकार भए पनि स…
(१) राजपत्राङ्कित द्वितीय श्रेणी (सहायक सचिवस्तर) को पदको उम्मेदवार भएको हुँदा राजपत्र अनंकित कर्मचारीको हकमा मात्र लागू हुने समान स्तर निर्धारण समितिको निर्णय आफ्नो हकमा समेत लागू हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १३)
(१) जातक बच्चालाई यसले यसरी मार्यो भन्ने प्रतिवादीले उल्लेखसम्म पनि गर्न नसकेको तथा जातकको अस्वाभाविक मृत्यु भएको भन्ने पुष्टी भएको यस अवस्थामा प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान तथ्ययुक्त तरिकाबाट पुष्टी भएको मान्न नसकिने । (प्रकरण नं. १६) (२) व्यक्तिले…
(१) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(६) मा सार्वजनिक मन्दिर गुफा बिग्री नोक्सान हुन लागेमा त्यसको वारिस स्थानीय पञ्चायत वा गुठी संस्थानबाट मर्मत गर्न लाउने व्यवस्थासम्म भएको निजीगुठीको सम्बन्धमा यस्तो अधिकार उक्त ऐनले दिएको नदेखिने । (प्रकरण नं. १३)
(१) ठेकेदारले नगरपञ्चायतकै अधिकार प्रयोग गरी कर रकम असूल गर्ने गरेकोमा ठेकेदारले उठाएको कर रकमको विषय नगरपञ्चायतलाई सरोकार नपर्ने भनी उक्त दायित्वबाट नगरपञ्चायत पन्छिन नसक्ने । (प्रकरण नं. १०) (२) बिक्री मोलमा चुंगीकर लाग्ने ऐनको व्यवस्था हो, बिक्री मोलमा नै ठ…
(१) अ.बं.१९४ (५) हेर्दा विदेशी विनिमय सम्बन्धी मुद्दामा ३ वर्ष भन्दा बढी कैदको सजायँ पाएकोमा पुनरावेदन सुन्ने अड्डाले धरौटी वा जमानीमा छाड्न इन्कार गर्न सक्नेछ भन्ने व्यवस्था रहेको निवेदकलाई विशेष अदालतबाट २ वर्ष कैद गरेको देखिँदा पुनरावेदन सुन्ने अड्डाले धरौट…
(१) १ ग्रेड किन नघटाउने भनी स्पष्टीकरण माग गरी सजायँ गर्दा पुरै ग्रेड घटाउने गरी गरेको निर्णयलाई कानून अनुकूलको मान्न नसकिने । (प्रकरण नं. ९) (२) जुन सजायँ प्रस्तावित गरी स्पष्टीकरण माग गरिएको छ त्यो भन्दा चर्को सजायँ गर्न कानूनले अख्तियारी दिएको नपाइने । (प्र…