नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3661 · वि.सं. २०४५
नि.नं. 3661 — निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नासो धरौटको महल अन्तर्गत पर्ने गरी नासो धरौट राख्दा दिंदा लिने दिनेको बीच कुनै लेनदेन नहुने जबकी लेनदेनको महल अन्तर्गत पर्ने गरी बन्धकी धरौट दिँदा लिने दिने दुईको बीच लिनु दिनु समेत हुने । (प्रकरण नं. १३) (२) लिने दिनेको बीचमा लेनदेन कारोबार गरी चल धनमाल धितो दिएकोलाई नासो धरौटको महल भित्र पर्ने नासो धरौट भन्न नमिली लेनदेन व्यवहार अन्तर्गतको धरौट हो भन्नु पर्ने अवस्थामा लेनदेनको १४ नं. मा भएको व्यवस्थाबाट यस्तो धरौट राखेको चल धनमाल जहिलेसुकै निखन्न आए पनि साहुले आफ्नो थैली बुझी लिई निखन्न दिनु पर्ने व्यवस्था गरेको हुँदा नासो धरौटको ७ नं. र लेनदेन व्यवहारको ४० नं. को म्याद भित्र फिराद नपरेको हुनाले हदम्याद नाघेको भनी खारेज गरेको इन्साफ मनासिफ देखिन नआउने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3661 |
|---|---|
| मुद्दाको विषय | निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2045/11/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3661 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
