नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3650 · वि.सं. २०४५
नि.नं. 3650 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ठेकेदारले नगरपञ्चायतकै अधिकार प्रयोग गरी कर रकम असूल गर्ने गरेकोमा ठेकेदारले उठाएको कर रकमको विषय नगरपञ्चायतलाई सरोकार नपर्ने भनी उक्त दायित्वबाट नगरपञ्चायत पन्छिन नसक्ने । (प्रकरण नं. १०) (२) बिक्री मोलमा चुंगीकर लाग्ने ऐनको व्यवस्था हो, बिक्री मोलमा नै ठेकेदार र करदाताका बीच मुख नमिलेको देखिँदा दुवै थरलाई राखी कानून बमोजिम निर्णय गर्नु भनी नगरपञ्चायतका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3650 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2045/10/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3650 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
