सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २२६ / ४४०

नि.नं. 6111वि.सं. २०५२संयुक्त इजलास

कुटपिट

§ वादीले आफ्नो दावी सबूद प्रमाणबाट प्रमाणित गराउन सक्नु पर्नेमा साक्षी समेत उपस्थित गराउन सकेको पाइँदैन । प्रतिवादीहरुको प्रतिउत्तर जिकिर निजहरुको साक्षीको बकपत्रबाट पुष्टि गरेको देखिन आउँछ । वादी दावीलाई घा जाँच केश फारमले पुष्टि गरेको भन्ने पुनरावेदनमा जिकिर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6110वि.सं. २०५२संयुक्त इजलास

मध्यस्थता

§ विवादको निराकरणको लागि नियुक्त भएका मध्यस्थले विवादका दुवै पक्षहरुलाई आफ्नै दावी जिकिरका कुरा राख्न र त्यस सम्बन्धी प्रमाण पेश गर्न समान मौका दिनुपर्छ । विवादका पक्ष विपक्षले परस्परको दावी एवं प्रतिवाद के कसरी मध्यस्थ समक्ष प्रस्तुत गर्ने भन्ने सम्बन्धमा मध्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6109वि.सं. २०५२संयुक्त इजलास

परमादेश

§ वाणिज्य बैंक ऐन, २०३१ को दफा ४८ हेर्दा “प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि बैंक र ग्राहकहरुको बीचको सम्बन्ध तथा बैंकको खाता बही र हरहिसाबको विवरण सम्बन्धित व्यक्ति बाहेक अरु कसैलाई बताइने छैन” भन्ने उल्लेख भएको देखिन्छ । यस्तो अवस्थामा निवेद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6108वि.सं. २०५२संयुक्त इजलास

अपुताली हक कायम जग्गा खिचोला ।

§ मिलापत्र गर्दा आफ्नो सम्पत्तिमा केही शर्त बन्देज राखी करार सरहको व्यहोरा मिलापत्रमा उल्लेख भएको देखिन्छ । यस्तो मिलापत्र गराउन नपाउने भन्ने बन्देज देखि“दैन । कानुनले आफू खुशी गर्न पाउने अवस्थाको आफ्नो हकको सम्पत्तिमा जे जस्तोसुकै शर्त बन्देज हक पुग्ने व्यक्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6107वि.सं. २०५२संयुक्त इजलास

निषेधाज्ञा

§ अर्काको नाउँको जग्गा भोग गर्ने सम्बन्धमा नगरपालिकाले कबुलियत गरे पनि त्यस्तो कबूलियतले कानुनी मान्यता पाउन सक्ने अवस्था नरहने । (प्रकरण नं. ९) § अदालतमा परेको मुद्दाबाटै हक बेहक सम्बन्धी विवादको निरुपण हुने नै हुंदा अदालतमा विचाराधीन मुद्दामा असर पर्ने गरी न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6106वि.सं. २०५२संयुक्त इजलास

ठगी

§ अड्डामा लिखत पास हुँदा अड्डाले लिखत देखाई सुनाई सहिछाप गर्ने गराउने हुँदा त्यस्तो लिखतलाई ठगी गरेको ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको नदेखिने। (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6105वि.सं. २०५२संयुक्त इजलास

निषेधाज्ञा

§ दर्ता हक नै नभएको व्यक्तिबाट गराएको बहाल सम्झौताबाट निवेदकले भोगाधिकार प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6104वि.सं. २०५२संयुक्त इजलास

बकसपत्र बदर समेत

§ दान बकसको १ नं. ले सगोलको सम्पत्ति आफूखुस गर्न पाउने बाहेक दान वा बकस दिन अंशियारहरुको मञ्जुरी चाहिने प्रावधान भएको देखिने । (प्रकरण नं. १२) § आफ्नो एकलौटी हक लाग्न नसक्ने सम्पत्तिमा अन्य अंशियारको मञ्जुरी लिई बकस गरेकोमा मात्र सदर हुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6103वि.सं. २०५२संयुक्त इजलास

कुत बाली मोही निष्काशन ।

§ दर्तावाला मोही परलोक भएपछिको जग्गाको मोहियानी हकको स्थिति सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको कानुनी व्यवस्था हेर्दा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी ऐजन ऐ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6102वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण

§ पेट्रोलियम पदार्थ राखे नराखेको तथ्य सम्बन्धी विवादको विषयलाई सबूद प्रमाणको मूल्यांकन गरी विवादको निरोपण गर्ने कार्य रिट क्षेत्रबाट गर्न नमिल्ने । (प्रकरण नं. ११) § हकको प्रमाण भनेको जग्गाधनी प्रमाण पुर्जा हो । (प्रकरण नं. ११) § शर्तको दायित्व पूरा गर्नु पर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6101वि.सं. २०५२संयुक्त इजलास

परमादेश

§ कानुनले नै दर्ता नामसारी गरी दिनु पर्ने दायित्व तोकेको सम्बन्धित निकायले कानुन बमोजिम दर्ता नामसारी गरी नदिएकोमा परमादेश जारी हुने हो । तर सो कुनै कुरा पुनरावेदकले आफ्नो पुनरावेदनमा देखाउन सकेको पाइन्न । जग्गा दर्ता गरी दिने सम्बन्धमा निवेदकको उजूरीबाट कारवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6099वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरी पाउं

§ आफ्नो निर्विवाद हकाधिकार भएको जग्गामा कानुन अनुरुप घरको तला थप्ने नक्शा पास गरी सकेपछि बलेसी पानी खसाउन नपाउने कारणले मात्र घर बनाउन नपाउने भन्ने कुरा कतै कानुनले बन्देज लगाएको नदेखिने । (प्रकरण नं. १३) § यसरी यो यति कारणले का.न.पा. को मिति २०४७।७।१४ को नक्श…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6098वि.सं. २०५२विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउं ।

§ निवेदकलाई नेपाल औद्योगिक विकास निगमको संचालक समितिको २०५०।२।२२ को निर्णय अनुसार अवकाश दिइएकोमा सो उपर मिति ०५१।३।२१ मा मात्र प्रस्तुत रिटनिवेदन यस अदालतमा दायर गरेको देखिन आयो । यसरी करिब १ वर्ष १ महिनापछि मात्र रिटनिवेदन दिनु पर्ने कुनै मनासिब माफिकको कारण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6097वि.सं. २०५२पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।

§ आयात इजाजतपत्र वापत राखिएको प्रिमियम दस्तूर कानुनले नै फिर्ता नपाउने किटानी व्यवस्था गरेको छ भने मात्र श्री ५ को सरकारलाई फिर्ता नदिने कानुनी बाध्यता हुन्छ नत्र भने श्री ५ को सरकारले त्यस्तो कानुनी व्यवस्थाको अभावमा आ.इ.प. वापतको प्रिमियम दस्तूर फिर्ता दिनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6096वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण

§ मुद्दा चल्दा चल्दैको अवस्थामा अदालतको विचाराधीन विषयमा विपरीत असर पर्ने गरी गरेको लिखत व्यवहारलाई मान्यता दिन मिल्ने देखिन नआउने । (प्रकरण नं. १६) § मुद्दा पर्दापर्दैको अवस्थामा खरिद गरी लिने निवेदकलाई नबुझेकोलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6094वि.सं. २०५२संयुक्त इजलास

खिचोला हक कायम समेत

§ मूलतः जब दर्तावाला जगतमाया उल्लेख भई जग्गावालाको तर्फबाट रु. १० धरौट स्याहा आम्दानी भएको मालको श्रेस्ताबाट देखिन्छ भने जग्गावालाले रैकरमा परिणत गर्ने कारवाहीको लागि निवेदन नदिएको भन्न नमिल्ने । (प्रकरण नं. १२) § जग्गावालाले आफ्नो नाममा रैकरमा परिणत नगराएको अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6093वि.सं. २०५२संयुक्त इजलास

अंश दर्ता

§ वादी प्रतिवादीहरु अंशियार भएकोमा विवाद देखिदैन । वादी प्रतिवादी बीच अंशबण्डा पारित भएको भन्ने भनाई पनि नभएको तथा सर्भे नापीमा विभिन्न अंशियारका नाउँमा नापी भै दर्ता भएकोले व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रतिवादीहरुको कथनलाई अंशबण्डाको ३० नं. बमोजिम ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6092वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण

§ रिट निवेदक निगमको आ.ब. ०४६।०४७ को कर कार्यालय काठमाडौंले ०४८।९।३० मा कर निर्धारण गरे उपर चित्त नबुझी का.मु. महानिर्देशक समक्ष निवेदन परेकोमा सो आयकर निर्धारण मिति ०४९।१।२६ मा बदर गरी पुनः कर निर्धारण गर्न पठाएकोमा कर कार्यालय काठमाडौंबाट मिति ०४९।३।३१ मा पुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6091वि.सं. २०५२संयुक्त इजलास

लेनदेन

§ लेनदेन व्यवहारको २ नं. मा तमसुक शब्द उल्लेख भएको पाइन्छ । तमसुकको आधिकारीक व्याख्या कानुनमा नभए पनि ऋणी र धनीको सम्बन्धमा स्थापना भएको लिखत भनी सामान्य रुपमा अर्थ गरिने । (प्रकरण नं. ९) § बहिखाता सामान्यतया व्यापारिक कार्यमा प्रयोग हुने दस्तावेज हो । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6090वि.सं. २०५२संयुक्त इजलास

दर्ता बदर दर्ता कायम

§ कुनै पनि जग्गा नम्बरी हो भनी हक पुग्नलाई सो जग्गा विधिवत दर्ता भएको हुनुपर्छ। मालपोत बुझाएको हुनु पर्ने । (प्रकरण नं. १८) § वादीले जुन जग्गा आफ्नो हकको भन्दछन् सो जग्गा कस्को नाम दर्ताको हो सो उल्लेख गर्न सकेको देखिएन । तसर्थ पुनरावेदन अदालत इलामले साविक दर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6089वि.सं. २०५२संयुक्त इजलास

निषेधाज्ञा

§ पश्चिमाञ्चल क्षेत्रीय अदालतको अन्तिम फैसला बमोजिमको सम्पत्तिमा निवेदकको हक कायम भइसकेको स्थिति निवेदकले आफ्नो निवेदनमा देखाउन सकेको पाइंदैन । पश्चिमाञ्चल क्षेत्रीय अदालतको अन्तिम फैसला बमोजिम फैसला कार्यान्वयनको कार्यबाट निवेदकको हकमा आघात पर्ने आशंकाको विद्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6088वि.सं. २०५२संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ न्याय प्रशासन ऐन, २०४८ को दफा २४ को उपदफा (२) बमोजिम श्रेस्तेदारले गरेको थुनछेकको आदेश उपर न्यायाधीशले आफू अदालतमा उपस्थित भएपछि यथाशीघ्र पुनरविचार गरी त्यस्तो आदेश कानुन बमोजिम भएको नदेखिएमा कानुन बमोजिम गर्नु गराउनु पर्दछ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तु…

नजिर सार पढ्नुहोस् →