नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6091 · वि.सं. २०५२
नि.नं. 6091 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लेनदेन व्यवहारको २ नं. मा तमसुक शब्द उल्लेख भएको पाइन्छ । तमसुकको आधिकारीक व्याख्या कानुनमा नभए पनि ऋणी र धनीको सम्बन्धमा स्थापना भएको लिखत भनी सामान्य रुपमा अर्थ गरिने । (प्रकरण नं. ९) § बहिखाता सामान्यतया व्यापारिक कार्यमा प्रयोग हुने दस्तावेज हो । (प्रकरण नं. ९) § लिखतको विषयवस्तु हेर्दा आसबहादुरले ६० बोरा धान लिएको अर्थात किनेको सो को पूरा रकम चुक्ता नभएकोले धान बिक्रेताले बांकी रकम माग गर्दा बही खातामै यति बा“की भनी हिसाब गरी सो हिसाबबाट बांकी रहन आएको देखिएको रकम बुझाउने शर्त गरी दिएको देखिंदा छुट्टै लिखतमा ऋणी धनीको सम्बन्ध स्थापना गर्ने उद्देश्यले खडा गरेको लिखत भन्न लिखतको प्रकृति र आकृतिबाट पनि नमिल्ने देखि“दा कपाली तमसुक बाहेकको लिखत देखिन आयो । त्यस्तो लिखतको आधारमा गरिने फिरादको हदम्याद लेनदेन व्यवहारको ४० नं. अन्तर्गतको २ वर्ष नै हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6091 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2052/05/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6091 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
