नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6093 · वि.सं. २०५२

नि.नं. 6093 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी प्रतिवादीहरु अंशियार भएकोमा विवाद देखिदैन । वादी प्रतिवादी बीच अंशबण्डा पारित भएको भन्ने भनाई पनि नभएको तथा सर्भे नापीमा विभिन्न अंशियारका नाउँमा नापी भै दर्ता भएकोले व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रतिवादीहरुको कथनलाई अंशबण्डाको ३० नं. बमोजिम बिक्री व्यवहार भै दाखिल खारेज समेत भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. १२) § अंशियारका छोरा छोरीहरुको विवाह खर्च पर सार्नु पर्ने कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १२) § अंशबण्डा भएको प्रमाणको अभाव भएको, नापीमा विभिन्न अंशियारका नाउँमा नापी दर्ता मात्र भएकोलाई अंशबण्डाको ३० नं. अनुसार बिक्री व्यवहार प्रमाणबाट अंशबण्डा भएको भनी भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6093
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2052/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6093
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्