नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6099 · वि.सं. २०५२
नि.नं. 6099 — उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरी पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो निर्विवाद हकाधिकार भएको जग्गामा कानुन अनुरुप घरको तला थप्ने नक्शा पास गरी सकेपछि बलेसी पानी खसाउन नपाउने कारणले मात्र घर बनाउन नपाउने भन्ने कुरा कतै कानुनले बन्देज लगाएको नदेखिने । (प्रकरण नं. १३) § यसरी यो यति कारणले का.न.पा. को मिति २०४७।७।१४ को नक्शा पास गर्ने निर्णय संविधान प्रतिकूल भै निवेदकको संवैधानिक हक अधिकारमा परोक्ष वा प्रत्यक्ष रुपमा आघात परेको छ भनी देखाउन नसकेको अवस्थामा केवल संविधान प्रतिकूल भएको भन्ने निवेदन कथनबाट मात्रै नगरपालिकाको उक्त नक्शा पास गर्ने निर्णय संविधान प्रतिकूल छ भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. १३) § बलेसी पानीको निकास बन्द हुने अवस्था भए कानुन बमोजिमको अन्य उपचारको बाटो अपनाउनु पर्ने अवस्था रहंदा रहंदै पनि अन्य उपचारको बाटो नअपअनाई असाधारण अधिकार क्षेत्र अन्तर्गत रिट क्षेत्रमा प्रवेश गरी आएकोले निवेदकको माग बमोजिम रिट जारी गर्न नमिल्ने। (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6099 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरी पाउं |
| निर्णय वर्ष / मिति | 2052/09/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6099 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
