नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6092 · वि.सं. २०५२

नि.नं. 6092 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदक निगमको आ.ब. ०४६।०४७ को कर कार्यालय काठमाडौंले ०४८।९।३० मा कर निर्धारण गरे उपर चित्त नबुझी का.मु. महानिर्देशक समक्ष निवेदन परेकोमा सो आयकर निर्धारण मिति ०४९।१।२६ मा बदर गरी पुनः कर निर्धारण गर्न पठाएकोमा कर कार्यालय काठमाडौंबाट मिति ०४९।३।३१ मा पुनः कर निर्धारण भएको देखिन्छ । सो कर निर्धारण उपर आयकर ऐन, ०३१ को दफा ३४(५) तथा न्याय प्रशासन ऐन, ०४८ को दफ ३३(३) अन्तर्गत पुनरावेदनको अनुमतीको निवेदन दर्ता गर्न ल्याएकोमा पु.वे.अ. पाटनका रजिष्ट्रारले दरपिठ गरे उपर प्रस्तुत रिट परेको देखिन्छ । रिट निवेदकले कर कार्यालय काठमाडौंबाट भएको कर निर्धारण आदेश उपर आयकर ऐन, ०३१ को दफा ३४ को उपदफा (२) को मार्ग अवलम्बन गरी पुनः कर निर्धारणको आदेश उपर पुनरावेदनको अनुमतिको लागि निवेदन दिएको देखियो । आयकर ऐन, ०३१ को दफा ३४(२) बमोजिम निवेदन दिने करदाताले पछि महानिर्देशकको आदेशानुसार भएको पुनः कर निर्धारण उपर दफा ५७ बमोजिमको पुनरावेदनको अधिकार पाउँदैन निजले दफा ३४ को उपदफा (५) को प्रतिबन्धात्मक वाक्यांश अनुसार पुनरावेदनको अनुमतिको बाटो अपनाउनु पर्ने भन्ने समेत सिद्धान्त यस अदालत पूर्ण इजलासबाट राधेश्याम सिंधानिया वि. पूर्वाञ्चल क्षेत्रीय अदालत समेत (स.अ. निर्णय संग्रह भाग २४ पृष्ठ २२) मुद्दामा सिद्धान्त कायम भैरहेको देखिंदा महानिर्देशकको आदेश अनुसार भएको मिति ०४९।३।३१ को पुन कर निर्धारण उपर परेको पुनरावेदनको अनुमति निवेदन मिति ०४९।५।११।५ मा पु.वे.अ. पाटनले गरेको दरपीठ आदेश त्रुटिपूर्ण र कानुन प्रतिकूल देखि“दा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6092
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/09/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री ईन्द्रराज पाण्ड
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6092
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्