सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १४७ / ४४०

नि.नं. 8009वि.सं. २०६५विशेष इजलास

संविधानसँग वाझिएको कानुन अमान्य गरी उत्प्रेषण परमादेश समेत जारी गरिपाऊँ ।

§ गाई हिन्दु धर्मको प्रतिकात्मक जनावर मात्र नभई धर्म निरपेक्षतालाई अंगालेको वर्तमान अन्तरिम संविधानले राष्ट्रिय जनावर भनी उल्लेख गरेको र जनावर विरुद्धको अपराधलाई राष्ट्रले कसूरजन्य बनाएको कारणले त्यस्तो कार्य संविधान विपरीत नहुने, मौलिक हकको हनन भएको सम्झन नमि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8008वि.सं. २०६५पूर्ण इजलास

लिखत बदर, दर्ता बदर दर्ता ।

§ एकै पटक दर्ता भएका वा अघि पछि दर्ता भएपनि मुद्दाको प्रकृतिको आधारवाट लगाउमा रहनु पर्ने देखिएमा पक्षको निवेदन वा अदालतको आदेश बमोजिम लगाउ रहेका मुद्दा/ निवेदनमा कर्मचारीको भूल वा अन्य कारणबाट एउटामा तारिख दिएको र अर्कोमा तारिख दिन छुटेमा तारिख लिन छुटेको कारण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8007वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण परमादेश लगायत उपयुक्त आदेश जारी गरिपाऊँ ।

§ स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावलीले सम्झौता गर्न नआउने ठेकेदारको धरौटी वापत राखेको रकम जफत गर्न सक्ने अधिकार प्रदान गरेको देखिएपनि उक्त व्यवस्था ठेक्काको शर्तहरु यथावत कायम रहेको अवस्थामा मात्र लागु हुने । § बोलपत्र सूचनाको आधारभूत शर्तमा परिवर्तन भइसक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8006वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण ।

§ प्रहरी ऐनले पहिलो कारवाही निर्णय गर्ने प्रहरी विशेष अदालतको फैसला कार्यान्वयन सम्वन्धमा कुनै विशेष व्यवस्था नगरेवाट फैसला कार्यान्वयनका सामान्य सिद्धान्त र प्रकृया स्वतः आकर्षित हुनुपर्ने । (प्रकरण नं.५) § फैसला भएको मुद्दामा पुनरावेदन लाग्ने व्यवस्था भई पुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8004वि.सं. २०६५संयुक्त इजलास

करार बमोजिमको क्षतिपूर्ति र हर्जाना रकम समेत भराई पाउँ ।

§ आफूले ठेक्का तोडिसकेपछि आफूखुशी आफूले चाहेको समयमा सोको जानकारी दिएको वा सो जानकारी अर्को पक्षले बुझेको मितिबाट नालिश गर्ने हदम्याद प्रारम्भ भएको अर्थ गर्न नमिल्ने। § मुद्दा गर्नुपर्ने कारण परेको मितिले नालिश गर्नुपर्नेमा सो कारणको जानकारी वा सूचना अर्को पक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8003वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ सहायक तहको कर्मचारीबाट सम्पन्न गरिएको कार्यमा हाल सो सहायक अधिकृत स्तरमा वृद्धि भए सोही अधिकृतबाट सहायक स्तरमा रहँदा सम्पन्न गरेको कार्य गर्ने भन्नेसम्म मान्नुपर्ने। (प्रकरण नं.६) § कानूनले अधिकार प्रत्यायोजन सम्बन्धमा गजेटमा प्रकाशन गर्नुपर्ने गरी गरेको प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8002वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ डोरमा उपस्थित हुन तारीख तोकिएको अवस्थामा सो तोकिएको तारीखका दिन वण्डा छुट्याउने निश्चित भएको हुँदा त्यस्तो तारीखमा हाजिर हुन अनिवार्य हुने र हाजिर नभएमा खटिएको डोरले कानूनी प्रक्रिया अनुरुप नरम गरम मिलाई वण्डा छुट्याउनु अन्यथा नहुने । § वण्डा छुट्याउने डोरमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8001वि.सं. २०६५संयुक्त इजलास

परमादेश ।

§ पाठेघर खस्ने समस्यालाई सांकेतिक रुपमा प्रजनन् समस्याको एउटा पाटोको रुपमा हेर्न सकिने भएपनि यो समस्याले समग्र प्रजनन् स्वास्थ्यको र महिला स्वास्थ्यको समस्याकै प्रतिनिधि समस्याको स्थान ग्रहण गर्ने हुनाले प्रस्तुत विषयवस्तुलाई संवैधानिक एवं कानूनी हक, राज्यको उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8000वि.सं. २०६५संयुक्त इजलास

मिलापत्र वदर ।

§ दर्ता कायम नै नरहेको जग्गा अनधिकृत रुपमा मिलापत्रमा उल्लेख गर्दैमा हककायम हुने स्थिति नहुने । § आफ्नो हकभोग र दर्तामा नरहेको जग्गा कसैले मिलापत्रमा उल्लेख गराउँदैमा दर्तावालाको हक नजाने भएकोले त्यसलाई बदर गराइरहनुको औचित्य र प्रयोजन नरहने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 7999वि.सं. २०६५पूर्ण इजलास

लिखत दर्ता वदर दर्ता ।

§ अंशवण्डाको महल अन्तर्गत व्यवहार चलाउने भन्ने विषयलाई जुनसुकै कारोवार (Transaction) का रुपमा भन्दा पनि घर व्यवहार चलाउने अर्थमा लिनुपर्ने । § अंशवण्डाको महललाई समग्रतामा अध्ययन गर्दा यसले सगोलको सम्पत्तिमाथि परिवारका सदस्यहरुको अधिकारलाई सुनिश्चित तुल्याएको द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7998वि.सं. २०६५पूर्ण इजलास

कर्तव्य ज्यान ।

§ अ.वं. १८८ नं. को व्यवस्थाले भवितव्यको आशंका वा अपराध गरेको अवस्था समेतका आधारमा घटी सजाय हुनुपर्ने देखिएको अवस्था न्यायकर्ताले अनुभूत गर्ने विषय हुँदा यो नं. को व्यवस्था अधिकारको रुपमा रहने विषय नहुने । § न्यायकर्ताले घटी सजाय हुनुपर्ने भनी अनुभूति गरेको अवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7997वि.सं. २०६५विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ अन्तर्राष्ट्रिय दस्तावेजहरुमा व्यक्त गरिएका प्रतिबद्धताहरुलाई व्यवहारमा अनुवाद गर्नका लागि राज्यका अन्य कानूनहरुमा पनि तदनुरुपका व्यवस्थाहरु समावेश गर्दै लैजानु पर्ने । (प्रकरण नं.६) § न्यायपालिकाले न्यायिक पुनरावलोकन गर्ने अधिकारको प्रयोग गर्दा त्यसले सिर्ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7996वि.सं. २०६५संयुक्त इजलास

जीउ मास्ने बेच्ने ।

§ कसूरको अनुपातमा सजाय गर्नुपर्ने गरी तजवीजी अधिकार (Discretionary power) अदालतलाई प्रदान गरेको पार्इदा सजायको न्यूनतम र अधिकतम हद ऐनले नै निर्धारण गरेको अवस्थामा कसूरको गम्भीरताको आधारमा कसूरको मात्रा निर्धारण गरी सोही अनुपातमा सजाय गर्ने गरी न्यायपूर्ण ढंगले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7995वि.सं. २०६५संयुक्त इजलास

परमादेश

§ संविधानले नागरिकलाई समानताको आधारमा सम्मानपूर्वक वाँच्न पाउने हक प्रदान गरेको, रोजगारी र सामाजिक सुरक्षाको हक प्रदान गरेको र सामाजिक न्याय र शोषण विरुद्धको हकलाई मौलिक हकको रुपमा हक प्रदान गरेको अवस्थामा डान्स तथा क्याविन रेष्टुरेन्टहरु र डान्स वारमा काम गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7995वि.सं. २०६५संयुक्त इजलास

चिकित्सकको रुपमा दर्ता गराईपाउँ ।

§ एउटै संस्थाबाट अन्य व्यक्तिहरुले प्राप्त गरेको प्रमाण पत्रले मान्यता पाइरहेको अवस्थामा प्रत्यर्थीले पेश गरेको प्रमाण पत्रले मान्यता नपाउनु पर्ने कारण, ठोस आधार प्रमाणबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं.८) § चिकित्सकको रुपमा दर्ता हुन निवेदन पर्न आएमा जाँचबुझ ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7994वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण, परमादेश ।

§ कानूनले दिएको पुनरावेदन गर्ने हक अड्डाको गल्तीवाट अपहरण हुन सक्तैन र अदालतले पनि पुनरावेदन गर्ने हक हनन गर्न नसक्ने । § फैसला जहिले भएपनि म्याद तामेल भएको मितिले पुनरावेदन गर्ने म्याद शुरु हुने । (प्रकरण नं.६) § सक्षम अदालतवाट सवुद प्रमाण वुझी आफ्नो अधिकारक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7993वि.सं. २०६५संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ योजनाबद्ध ढंङ्गले क्रूरतापूर्वक गरिएको अपराधका लागि कुनै पनि स्पष्टीकरण वा तर्क (explanation or logic) स्वीकार्य हुन नसक्ने । § अदालती बन्दोवस्तको १८८ नं. ले अदालतलाई ऐनले हुने ठूलो सजाय सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजायमा कमी गर्न वा छुट दिन सक्ने विशेष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7992वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

§ रिट क्षेत्रबाट उपचार माग्न आउँदा वैकल्पिक उपचारका सबै मार्गहरुको प्रयोग भैसकेको हुनुपर्ने । § माग गरेको उपचारको विषयमा नै भूमिसुधार कार्यालयमा कारवाहीयुक्त अवस्था रहेको अवस्था हुँदा सफाहात लिई न्याय माग्न आएको नदेखिने । § असाधारण अधिकारक्षेत्रवाट सक्षम अधिका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7991वि.सं. २०६५संयुक्त इजलास

हरहिसाब गराईपाऊँ ।

§ कुनै विषयमा फिराद वा नालिश दिई अदालत प्रवेश गर्ने पक्षले आफ्नो दावी कुन कानूनको कुन व्यवस्था अन्तर्गत स्थापित हुने हो भन्ने कुराको स्पष्ट कानूनी आधार समेत खुलाउन सक्नुपर्ने, केवल हदम्याद र हकदैयाको कुरा देखाउँदैमा जुनसुकै प्रकारको दावी वा फिराद स्थापित नहुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7990वि.सं. २०६५संयुक्त इजलास

कीर्ते जालसाज ।

§ विवाद नभएको विषयमा विशेषज्ञले दिएको राय आफैंमा स्वीकारयोग्य नहुने । (प्रकरण नं.५) § अदालतबाट फैसला भै अन्तिम भैरहेको अबस्थामा सो फैसला अन्यथा हुने गरी लिखतको औचित्यमा प्रश्न उठाई जालसाजीमा फिराद दिने र त्यस्तो फिरादबाट सो फैसलालाई असर गर्ने गरी सो लिखत जालसा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7989वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ कुनै एक प्रकारको निजामती सेवाको पदबाट अर्को प्रकारको निजामती सेवाको पदमा सरुवा वढुवा गर्दा र अर्कै प्रकारको सरकारी सेवाबाट निजामती सेवाको पदमा सरुवा वढुवा गर्दाको अवस्थामा मात्र लोकसेवा आयोगबाट उम्मेदवारको उपयुक्तताको विषयमा परामर्श लिनु पर्ने । § सेवा समूह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7988वि.सं. २०६५संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ मानसिक रुपले विक्षिप्त भएको व्यक्तिले आफुले गरेको कामको परिणाम के हुनसक्छ भन्ने बुझ्न समर्थ नहुने र त्यस्तो व्यक्तिमा कामको परिणामको लेखा जोखा गर्न सक्ने क्षमताको अभाव रहने । § आफुले के गर्दैछु र त्यसबाट कस्तो परिणाम निस्कन्छ भन्ने बुझ्न नसक्ने गरी मानसिक रु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7987वि.सं. २०६५संयुक्त इजलास

परमादेश ।

§ महिलालाई यौन एवं भोग्य बस्तुको रुपमा प्रस्तुत गरिने विज्ञापनको प्रकाशन, प्रसारणका कारण यौन हिंसाको सम्भावनालाई मध्यनजर राख्दा यस्ता अमैत्री लैङ्गिक विज्ञापनबाट महिलाको संरक्षणमा सघाउ पुग्न नजाने । § यौन वस्तुको रुपमा अर्धनग्न, अश्लिल एवं अमैत्री विज्ञापनको प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7986वि.सं. २०६५संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ मानिसहरु भेला जम्मा भएको भीडमा आफूले प्रहार गरेको खुकुरीले जो कोहिलाई लाग्नसक्छ भन्ने प्रतिवादीले स्वतः अन्दाज गर्न सक्ने र धारिलो हतियारको प्रयोगबाट मानिस मर्न सक्छ भन्ने सामान्य समझ भएका जो कोही मानिसले अनुमान गर्न सक्ने । § खुकुरी जस्तो धारिलो हतियारको प्…

नजिर सार पढ्नुहोस् →