नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7990 · वि.सं. २०६५
नि.नं. 7990 — कीर्ते जालसाज ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवाद नभएको विषयमा विशेषज्ञले दिएको राय आफैंमा स्वीकारयोग्य नहुने । (प्रकरण नं.५) § अदालतबाट फैसला भै अन्तिम भैरहेको अबस्थामा सो फैसला अन्यथा हुने गरी लिखतको औचित्यमा प्रश्न उठाई जालसाजीमा फिराद दिने र त्यस्तो फिरादबाट सो फैसलालाई असर गर्ने गरी सो लिखत जालसाजी हो होइन भनी अदालतले न्याय निरोपण गर्दै जाने हो भने अन्तिम भई बसेका जुनसुकै फैसला उपर जहिलेसुकै पनि फिराद दिन सकिने स्थित उत्पन्न हुने । § साधिकार अदालतबाट थैली समेत भराई दिने ठहर भै अन्तिम भैरहेको फैसलामा उल्लेखित लिखतलाई हाल आएर जालसाजी हो भनी छुट्टै फिराद गर्न नसकिने । § लिखत जालसाजी भएतर्फ मौकैमा प्रतिवाद समेत गरी सद्दे किर्ते तर्फ बयान जीकिर गर्न सक्नुपर्नेमा प्रतिवाद गर्न समाव्हान वा इतलायनामा रीतपुर्वक तामेल नभएको कारणले असमर्थ भएको भए अ.व.२०८ नं को कानुनी व्यबस्था बमोजिम प्रतिउत्तर सरहको निवेदन दिई त्यस्तो इतलायनामा वेरीतपूर्वक तामेल भएको भन्ने जीकिर लिई कानुनी उपचारको बाटो अबलम्वन गर्न सक्नुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7990 |
|---|---|
| मुद्दाको विषय | कीर्ते जालसाज । |
| निर्णय वर्ष / मिति | 2065/02/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7990 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
