नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7995 · वि.सं. २०६५
नि.नं. 7995 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ संविधानले नागरिकलाई समानताको आधारमा सम्मानपूर्वक वाँच्न पाउने हक प्रदान गरेको, रोजगारी र सामाजिक सुरक्षाको हक प्रदान गरेको र सामाजिक न्याय र शोषण विरुद्धको हकलाई मौलिक हकको रुपमा हक प्रदान गरेको अवस्थामा डान्स तथा क्याविन रेष्टुरेन्टहरु र डान्स वारमा काम गरेको भन्दैमा त्यस ठाउँमा काम गर्ने महिलाहरु शोषित हुन नहुने । (प्रकरण नं.१६) § सरकारले डान्स तथा क्याविन रेष्टुरेन्ट तथा मसाज पार्लरलाई Regulate गर्ने छुट्टै र विशेष कानून निर्माण गरी अविलम्व लागु गर्नुपर्ने । (प्रकरण नं.१९) § कार्यपालिकाको निस्कृयताका कारण नागरिकहरु वा समूह वा कुनै जात वा वर्गका मानिसहरु मानव अधिकारवाट वञ्चित हुनुपरेको कारण त्यस्तो हक प्रचलन गराउन अदालत सकृय हुने गरेको हो । कार्यपालिका सकृय भएमा अदालत सकृय हुनु नपर्ने । § कानूनको अभावमा व्यवसायहरु मर्यादित तथा व्यवस्थित रुपमा सञ्चालन हुन नसक्ने र महिला कामदारहरुको मौलिक हक र मानव अधिकारको संरक्षण हुन नसक्ने । (प्रकरण नं.३५) § सर्वोच्च अदालतलार्ई पूर्णरुपले न्याय गर्न उपयुक्त आदेश जारी गर्ने असाधारण अधिकारक्षेत्रको व्यवस्था गरेकोले न्याय माग्न आएका पक्षको न्यायमा पहुँच प्रभावकारी दिलाउन आवश्यक आदेश जारी गर्नु यस अदालतको अन्तरनिहित असाधारण अधिकार हुने । (प्रकरण नं.३६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7995 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2065/08/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वलराम के.सी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7995 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
