नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7998 · वि.सं. २०६५
नि.नं. 7998 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अ.वं. १८८ नं. को व्यवस्थाले भवितव्यको आशंका वा अपराध गरेको अवस्था समेतका आधारमा घटी सजाय हुनुपर्ने देखिएको अवस्था न्यायकर्ताले अनुभूत गर्ने विषय हुँदा यो नं. को व्यवस्था अधिकारको रुपमा रहने विषय नहुने । § न्यायकर्ताले घटी सजाय हुनुपर्ने भनी अनुभूति गरेको अवस्थामा निश्चित आधारहरुको विद्यमानता अपरिहार्य देखिदा कानूनले नै कारण सहितको खुलासाको अपेक्षा राख्ने । (प्रकरण नं.५) § कसूरदारको उमेर कम हुनु मात्र घटी सजायका लागि आधार हुन नसक्ने । § पूर्व योजना र तयारी सहित ज्यान मार्ने कार्य गरी त्यसपछि मृतकको साथमा रहेको नगद र कपडा समेत लुटी लैजाने समेतको कार्यमा संलग्न व्यक्तिहरुलाई अन्य व्यक्तिको उक्साहटमा मात्र त्यस्तो कार्य गरेको मानी घटी सजाय गर्नु अ.वं १८८ नं. को उद्देश्य विपरीत हुने। (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7998 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2065/08/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी |
| मुद्दा नं. | ०६५-CF-००२७ | ०६५-CF-००२८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7998 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
