नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7991 · वि.सं. २०६५

नि.नं. 7991 — हरहिसाब गराईपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै विषयमा फिराद वा नालिश दिई अदालत प्रवेश गर्ने पक्षले आफ्नो दावी कुन कानूनको कुन व्यवस्था अन्तर्गत स्थापित हुने हो भन्ने कुराको स्पष्ट कानूनी आधार समेत खुलाउन सक्नुपर्ने, केवल हदम्याद र हकदैयाको कुरा देखाउँदैमा जुनसुकै प्रकारको दावी वा फिराद स्थापित नहुने । § कानूनले उपचारको स्पष्ट व्यवस्था नगरेको विषयमा पनि अदालतले न्याय निरोपण गर्ने हो भने विषय विषयका विवादको सम्बन्धमा छुट्टा छुट्टै उपचारको मार्ग प्रशस्त गर्नुको कुनै औचित्य नरहने । § विना कानूनी आधार जस्तोसुकै विषयमा पनि आवश्यकता भन्दा बढी सक्रियता देखाई अदालतले कानूनी कारवाही र न्यायीक निर्णय गर्न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7991
मुद्दाको विषयहरहिसाब गराईपाऊँ ।
निर्णय वर्ष / मिति2065/02/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7991
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्