नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7993 · वि.सं. २०६५

नि.नं. 7993 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ योजनाबद्ध ढंङ्गले क्रूरतापूर्वक गरिएको अपराधका लागि कुनै पनि स्पष्टीकरण वा तर्क (explanation or logic) स्वीकार्य हुन नसक्ने । § अदालती बन्दोवस्तको १८८ नं. ले अदालतलाई ऐनले हुने ठूलो सजाय सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजायमा कमी गर्न वा छुट दिन सक्ने विशेष अधिकार प्रदान गरेकोले यसको प्रयोग पनि विशेष परिस्थितीमा गर्नुपर्ने । § प्रमाणबाट कर्तव्य ज्यानको कसूर गरेको देखिन आएतापनि अपराध हुँदा र गर्दाको परिस्थिति विचार गर्दा भवितव्य पर्न गएको अथवा दुर्घटनाबश अचानक अपराध हुन गएको हो भन्ने शंका उत्पन्न भएको अवस्थामा अ.वं. १८८ नं. को प्रयोग गर्न सकिने § तथ्य र प्रमाणको विश्लेषणवाट ज्यान सम्वन्धीको ५ नं. को अवस्था ठहर गर्न नसकिने भएतापनि वारदात भन्दा पहिलाका घटनाक्रमहरु र वारदातको परिस्थितीवाट भवितव्य हो भन्ने लागेको अवस्थामा सजायमा छुट दिने गरी अ.वं. १८८ नं. को प्रयोग गर्न सकिने । § अपराधको प्रकृति र अपराध गर्दाको अवस्थावाट अपराधको गाम्भीर्यताको आधारमा कसूरदारलाई सजायमा छुट दिन सकिने नसकिने कुरा अदालतले निर्धारण गर्नसक्ने । (प्रकरण नं.५) § अपराध गर्दा अत्यन्त क्रूर र अमानवीय ढंगले अंग, प्रत्यङ्ग काटेर मार्ने काम गरिएको अपराध र यस्तो प्रकृतिको अपराधिक कार्य गर्ने अपराधीलाई अ.वं. १८८ नं. अनुसार सजायमा छूट गर्न सकिने गरी अदालतलाई प्राप्त विशेष न्यायीक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7993
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2065/04/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वलराम के.सी
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7993
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्