सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १४८ / ४४०

नि.नं. 7985वि.सं. २०६५पूर्ण इजलास

कर्तब्य ज्यान ।

§ पुनरावेदन गर्न पाउने विषय कानूनी हक भएकाले यसलाई सारवान हक कै रुपमा लिइनु पर्ने । (प्रकरण नं.३) § मातहत अदालतले जन्मकैदको सजाय ठहर गरेका मुद्दाहरुमा यस अदालतले आफ्नो सुपरीवेक्षकीय अधिकार अन्तर्गत साधकको रोहवाट हेर्ने कुरा र पुनरावेदकीय अधिकारक्षेत्र अन्तर्गत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7984वि.सं. २०६५विशेष इजलास

निजामती सेवा नियमावली, २०५० को नियम ८७ ख (२) लाई प्रारम्भतः अमान्य घोषित गरी परमादेश समेत जारी गरिपाऊँ ।

§ बढुवा सम्बन्धी बिशेष व्यवस्था एकै पदमा लामो समय सम्म रहेर काम गरेका निजामती कर्मचारीलाई कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाबाट वञ्चित र तिनलाई बिशेष व्यवस्था अन्तर्गत बढुवा गरी कनिष्ट कर्मचारीलाई अनपेक्षित चाँडो कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7983वि.सं. २०६५संयुक्त इजलास

अप्राकृतिक मैथुन (जवरजस्ती करणी) ।

§ बालिकाको मुख, टाउको लगायत शरीरका विभिन्न भागमा लिङ्गको घर्षण गराई पिसाब समेत फेरिदिएको भन्ने आधारमा मात्र पीडित बालिकालाई जवरजस्ती करणी गरेको भन्ने स्थापित नहुने । § पीडित बालिका उपर उल्लेखित यौन दुर्व्यहार गर्दा बालिका रुँदै चिच्याउँदै कोठा बाहिर निस्की आमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7982वि.सं. २०६५संयुक्त इजलास

लिखत वदर दर्ता वदर दर्ता कायम ।

§ आफ्नो समेत हक लाग्ने सगोलको सम्पत्ति सगोलको अंशियारले आफूखुसी विक्री व्यवहार गरेमा प्रचलित कानूनका म्याद भित्रै नालेश गरी आफ्नो हकको जति लिखत वदर गराई लिन पाउने । (प्रकरण नं.४) § रकम हाली जग्गा खरीद गर्ने साहु सदैव खतरामा रहने भन्ने हुदैन । त्यसको लागि हदम्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7981वि.सं. २०६५संयुक्त इजलास

परमादेश समेत ।

§ संविधानले लिखितरुपमा बालबालिकालाई प्रदान गरेको शिक्षा आर्जन गर्ने हक कुनै किसिमको प्रथा, परम्परा, रीतिरिवाज, मान्यता प्रचलन वा रुढीवादीको नाममा हनन् हुन सक्तैन । कुमारी भएको कारण कुमारीले शिक्षा हासिल गर्न नहुने भनी नेपाल कानून लगायत कुनै पनि कुराले प्रतिबन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7980वि.सं. २०६५संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ हत्याको वारदात नेपालको भू–भाग भन्दा बाहिर भएमा नेपालको अदालतमा मुलुकी ऐन भाग १, प्रारम्भिक कथनको २ न. समेतका प्रचलित कानून अनुसार कारवाही र निर्णय हुन सक्ने स्थिति नहुँदा अदालतले पनि यस्तो अवस्थामा क्षेत्राधिकार ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४) § अधिकार प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7979वि.सं. २०६५संयुक्त इजलास

जग्गा निखनाई पाऊँ ।

§ ऐनले साँध जोडिएको जग्गा निखन्न पाउने व्यवस्था गरेको नभई सन्धिसर्पन पर्ने जग्गा निखन्न पाउने व्यवस्था गरेकोमा सन्धिसर्पन पर्नका लागि घर जग्गाको साँध जोडिनु एउटा आधार हो भने त्यत्तिकैबाट साँध जोडिएका सबै जग्गाहरु सन्धिसर्पन पर्ने जग्गा हुन भनी अनुमान गर्न वा त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7978वि.सं. २०६५

उत्प्रेषण, परमादेश ।

§ परम्परागत रुपमा भोगी रहेको झ्यालको सुविधालाई विपक्षीको नयां निर्माणको परिणाम स्वरुप वन्द गर्न दिने हो भने त्यो स्पष्टतः कानूनमा निर्धारित हुनुपर्छ । कानूनले स्पष्ट रुपले रोक वा वन्देज नलगाएको विषयमा निर्णय गरी नगरपालिकाले त्यस्ता परम्परागत रुपमा पाइरहेको सुब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7977वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण ।

§ कानूनको राज्यमा कानून विहिनताको अवस्था नरहने र समय, परिस्थिति र आवश्यकता अनुरुप कानूनहरु निर्माण हुंदै जाने, संशोधन हुने, पुराना कानून खारेज भई नयाँ कानून बन्ने स्वभाविक प्रकृया भएकाले नयाँ बनेको कानूनले भैरहेको कानूनलाई खारेज गर्दैमा सो खारेज भएको कानून अनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7976वि.सं. २०६५संयुक्त इजलास

वाली मोही निस्काशन ।

§ मोहीले बुझाएको धरौट रकम जग्गावालालाई बुझाउने सम्बन्धमा आवश्यक कारवाही गर्नुपर्ने दायित्व रहेको कार्यालयले सो दायित्व पूरा नगरेको आधारमा मोहीले राखेको कुत धरौटी अस्तित्वविहीन हुने वा वेरितको नहुने । § मोहीको दायित्व भनेको निर्धारित कुतवाली निर्धारित समयभित्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7975वि.सं. २०६५पूर्ण इजलास

लेनदेन ।

§ तामेली शब्दले मुद्दामा निर्णय गर्ने अवस्था नपरी भईरहेको कारबाहीलाई तत्कालका लागि स्थगित गर्ने वा सुरक्षित (Reserve) राख्ने कार्यलाई जनाउने हुँदा त्यसरी तामेली राखिएको मुद्दाको कारवाही कुनै खास प्रमाणको उपलब्धतामा वा खास अवस्थामा पुनः जगाई पूर्ववत रुपमा उठान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7974वि.सं. २०६५पूर्ण इजलास

भ्रष्टाचार (नक्कली प्रमाणपत्र) ।

§ अपराध हुनलाई अपराधिक कार्य(Actus Reus) र अपराधी मन (Mens Rea) दुबै आवश्यक हुने। (प्रकरण नं.४) § पेश भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा वहाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेश नगरेको भन्ने भएकोमा पेश गर्न आवश्यकै नभएको सर्टिफिकेट नक्कली बनाई प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7973वि.सं. २०६५विशेष इजलास

नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७(१) बमोजिम संविधान समेतसँग वाझिएका कानूनलाई समानताको सिद्धान्त अनुसार कानून निर्माण गर्न परमादेश समेत जारी गरिपाऊँ ।

§ अपराध गर्ने व्यक्तिको पीडितसँगको नाता सम्बन्धको आधारमा फौजदारी मुद्दामा सजायमा कमी हुने अन्यत्र कानूनमा व्यवस्था भएको नपाइँदा लोग्नेले स्वास्नीलाई कर्तव्य गरी मारेमा, कुटपीट गरेमा लोग्ने स्वास्नीको नाता रहेको कारणले सजाय कमी हुने व्यवस्था छैन । जवर्जस्ती करण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7972वि.सं. २०६५संयुक्त इजलास

निर्णय पर्चा बदर जग्गादर्ता गरी जग्गाधनी प्रमाण पूर्जा पाऊँ ।

§ छुट दर्तामा दावी गर्दा साविकको कुनै लगत वा लिखत देखाउनु मात्र पर्याप्त हुदैन । दावी गरिएको जग्गाको चार किल्ला तथा क्षेत्रफलसंग मिल्ने भिड्ने स्पष्ट प्रमाण दावीकर्ताले पेश गर्न सक्नुपर्ने । (प्रकरण नं.४) § दुई पक्ष बीच हक वेहकको प्रश्न उठेको विवादको निरोपण गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7971वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ अदालतको फैसला कार्यान्वयन नभएसम्म ब्यक्तिले न्यायको अनुभूति गर्न नसक्ने । § फैसलाको सार (essence) नै त्यसको कार्यान्वयनमा निहित रहेको हुन्छ । त्यसैले कार्यान्वयन पक्षलाई कुनै पनि फैसलाको Part and parcel को रुपमा लिनु पर्दछ । कार्यान्वयन हुन नसक्ने हो भने अदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7970वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण ।

§ कानूनले पर्याप्त आधार र कारण खोली स्पष्ट शव्दमा सुनुवाईको मौका प्रदान गर्नुपर्ने कुरालाई वाहेक (Exclude) नगरे सम्म कारणीलाई खोज तलास गरी सुनुवाईको मौका प्रदान नगरी गरेको कुनै पनि कार्यले न्यायीक मान्यता प्रप्त गर्न नसक्ने । § सुनुवाईको मौका प्रदान गर्नुपर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7969वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषणमिश्रित परमादेश ।

§ छात्रवृत्तिको लागि अध्ययन गर्न पाउने मौकावाट निवेदकलाई वन्चित गर्ने गरी निजको विरुद्धमा गरिएको निर्णयको वारेमा कुनै थाहा जानकारी र सो प्रमाणपत्र रद्द हुने व्यहोराको कारण र आधार सहितको सूचना नदिई सो प्रमाण पत्र रद्द गर्ने र निजलाई अध्ययन गर्नबाट वन्चित गर्न म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7968वि.सं. २०६५संयुक्त इजलास

जवरजस्ती करणी

§ उमेर नपुगेकी अवोध वालिका उपर प्रतिवादीवाट भएको यौन सम्वन्धी आक्रमण (Sexual Assault) निर्दयी र लज्जित प्रकारको कार्य मनसायपूर्वक (Mens rea) र पूर्ण अपराधजन्य मनसायवाट वालिका उपर गरिएको कार्य अशिष्ट आक्रमण (Indecent Assault) मुलुकी ऐन जवरजस्ती करणीको महलको १ ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7967वि.सं. २०६५संयुक्त इजलास

अपुताली अंश ।

§ प्रत्यक्ष रुपमा अंश नपाउने व्यक्तिले अप्रत्यक्ष रुपबाट पनि अंश प्राप्त गर्न सक्दैन । अर्थात् अंशलाई अपुतालीको माध्यमबाट प्राप्त गर्न नसकिने । § अपुतालीको हक प्राप्त गर्न कुनै सम्पत्तिमा जो व्यक्तिको अपुताली परेको भन्ने दावी छ, उसको स्वामित्व कायम भइसकेको हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7966वि.सं. २०६५संयुक्त इजलास

निर्णय बदर अपुताली हक कायम   ।

निर्णय बदर अपुताली हक कायम ।

§ निर्णय मितिबाटै ऐनका म्यादभित्र वादीको फिराद परेकोलाई हदम्याद नघाई फिराद दायर गरेको भन्न नमिल्ने । § अपुतालीमा हकै नपुग्ने व्यक्तिले निर्णय गराई अपुतालीको सम्पत्ति नामसारी गराउँदैमा अपुताली परेको मितिबाटै अपुताली हक कायम तर्फ नालिश दिनु पर्छ भनी अर्थ गरी हकै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7965वि.सं. २०६५

उत्प्रेषण, परमादेश ।

§ दलित समूह हो, होईन भन्ने कुराको निर्क्यौल आत्मनिष्ठ भरमा हुन सक्दैन, राज्यले तोकेको निश्चित प्रकृया र मापदण्ड वा राज्यले निर्धारण गरेको निश्चित मापदण्डको आधारमा मात्र अमुक जात जाति बर्ग समुदायमा रहेका व्यक्तिहरु दलित हुन होइनन भन्ने कुराको पहिचान गर्नुपर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7964वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ कानूनले सफाईको मौका प्रदान गर्न मनासिव नभएमा सफाईको मौका नदिए पनि हुने भनी गरेको व्यवस्थाले सफाईको मौकाको महत्व प्रतिस्थापित गरेको नभै खास र उचित अवस्थाहरुमा त्यस्तो मौकाको अनिवार्यताको अपवादात्मक व्यवस्थासम्म गरेको देखिन्छ । अर्थात कसैले पनि आफ्नो विरुद्धको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7963वि.सं. २०६५संयुक्त इजलास

जालसाजी ।

§ कुनै पनि व्यक्तिको स्वास्थ्य स्थिति, निजको होश वेहोशको अवस्था, निजको शारिरीक अवस्था समेतको पहिचान (Diagnosis) गर्ने निकाय भनेको स्वास्थ्य संस्था नै हो, अन्यथा प्रमाणित नभएसम्म त्यस्ता संस्थाले दिएको Report को आधिकारिकतामा आशंका गरिनु नहुने । (प्रकरण नं.२) §…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7962वि.सं. २०६५संयुक्त इजलास

झुठ्ठा बिबरण पेश गरी नागरिकता लिएको ।

झुठ्ठा बिबरण पेश गरी नागरिकता लिएको

§ वास्तविक रुपमा नै चिने जानेको आधारमा सिफारिश भै वास्तविक नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाऊन् भन्ने उद्देश्यले नै कानूनमा सम्बन्धित गा.वि.स. वा नगरपालिकाको सदस्यको सिफारिश गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो भन्न सकिन्छ । त्यसरी सम्बन्धित वडाका स्…

नजिर सार पढ्नुहोस् →