नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7970 · वि.सं. २०६५

नि.नं. 7970 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनले पर्याप्त आधार र कारण खोली स्पष्ट शव्दमा सुनुवाईको मौका प्रदान गर्नुपर्ने कुरालाई वाहेक (Exclude) नगरे सम्म कारणीलाई खोज तलास गरी सुनुवाईको मौका प्रदान नगरी गरेको कुनै पनि कार्यले न्यायीक मान्यता प्रप्त गर्न नसक्ने । § सुनुवाईको मौका प्रदान गर्नुपर्ने वा नपर्ने सम्वन्धमा कुनै कानून मौन रहन्छ भने पनि यदि गर्न लागेको कारवाहीवाट कसैको हक अधिकार वा सुविधामा प्रतिकूल असर पर्ने रहेछ भने कारणीलाई खोजतलास गरी सुनुवाईको मौका प्रदान गर्नुपर्ने । § प्राकृतिक न्यायको सिद्धान्त र सुनुवाईको मौका समानताको हककै एक हिस्सा मानिने हुनाले अदालतमा न्याय प्राप्तिको लागि आउने एक पक्षको दावीका सम्वन्धमा निर्णय गर्दा प्रत्यक्ष रुपले प्रभावित हुने अर्को पक्षलाई कानूनले पर्याप्त आधार र कारण खोली सुनुवाईको मौका दिनु पर्दैन भनी वाहेक गरेको अवस्थामा वाहेक सुनुवाईको मौका नदिनु समानताको सिद्धान्त विपरीत हुन जाने । (प्रकरण नं.१२) § सम्वन्धविच्छेद मुद्दा संक्षिप्त कार्यविधि अन्तर्गत दण्ड सजायको १२ नं. ले हुने सजायको हदको कारणवाट हेरिने गरी आएकोमा हाल परिवर्तन भएको र अंशवण्डा गर्दा सामान्य कार्यविधि अन्तर्गत कारवाही गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्था भएको र सम्वन्धविच्छेद मुद्दामा अंशवण्डा गर्नुपर्ने कार्य अभिन्न रुपमा गाँसिएर रहन आएको अवस्थामा केवल संक्षिप्त फौज्दारीमा दर्ता भई कारवाही भैरहेको वा मुद्दा पेशीमा चढी प्रमाण मुकरर आदेश समेत भैसकेको भन्ने मात्र आधारलिई निवेदकलाई प्राकृतिक न्यायको सिद्धान्त समेत विपरीत हुने गरी कानूनी व्यवस्थामा भएको परिवर्तन पछिको अवस्था तर्फ अलिकति पनि ध्यान नदिई सुनुवाईको मौकावाट वन्चित गर्नु कानून र न्यायका मान्य सिद्धान्त अनुकुल देखिन नआउने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7970
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2065/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7970
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्