नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7962 · वि.सं. २०६५

नि.नं. 7962 — झुठ्ठा बिबरण पेश गरी नागरिकता लिएको ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वास्तविक रुपमा नै चिने जानेको आधारमा सिफारिश भै वास्तविक नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाऊन् भन्ने उद्देश्यले नै कानूनमा सम्बन्धित गा.वि.स. वा नगरपालिकाको सदस्यको सिफारिश गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो भन्न सकिन्छ । त्यसरी सम्बन्धित वडाका स्थानीय जनप्रतिनिधिले राम्ररी चिन्दछु, व्यहोरा जाने बुझेसम्म साँचो हो, झुठा ठहरे कानून वमोजिम सहुँला बुझाउँला भनी गरिदिएको दस्तखतका आधारमा त्यसप्रति विश्वस्त हुँदै सो फाराममा रहेको सिफारिश गर्नेको महलमा सिफारिशकर्ताले दस्तखत गरिने सामान्य प्रचलनको कुरा पनि हो । गा.वि.स. अध्यक्षका रुपमा रहेका व्यक्तिले आफू अन्तर्गतको वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिको विश्वासमा परी सिफारिश गरिदिएको कुरालाई निरपेक्ष रुपमा हेरिनु न्यायोचित नहुने । (प्रकरण नं.५) § कसूरदार ठहर गर्नु अघि प्रतिवादीको कार्यको साथ साथै मनसाय, अपराधको गाम्भिर्यता र सिफारिश गर्ने फाराममा सिफारिशकर्ताको Declaration लाई समेत हेर्नु पर्ने । (प्रकरण नं.७) § झुठा विवरणलाई जानी बुझी सिफारिश गरेको भन्ने प्रमाणित नभएको अवस्थामा सिफारिशकर्तालाई सजाय भागी बनाउन नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7962
मुद्दाको विषयझुठ्ठा बिबरण पेश गरी नागरिकता लिएको ।
निर्णय वर्ष / मिति2065/04/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7962
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्