नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7982 · वि.सं. २०६५
नि.नं. 7982 — लिखत वदर दर्ता वदर दर्ता कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो समेत हक लाग्ने सगोलको सम्पत्ति सगोलको अंशियारले आफूखुसी विक्री व्यवहार गरेमा प्रचलित कानूनका म्याद भित्रै नालेश गरी आफ्नो हकको जति लिखत वदर गराई लिन पाउने । (प्रकरण नं.४) § रकम हाली जग्गा खरीद गर्ने साहु सदैव खतरामा रहने भन्ने हुदैन । त्यसको लागि हदम्यादको व्यवस्था गरिएको हो । आफूलाई मन लागेको अवस्थामा लिखतको नक्कल सार्दै हदम्याद कायम गरेर नालिस गर्न पाउने भन्ने ऐनको मनशाय नहुँदा सगोलमा छोराले थाहा पाएको अवस्थामा सगोलमै रहेका अन्य अंशियारले लिखतको वारेमा थाहा नपाएको भन्न नसकिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7982 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर दर्ता वदर दर्ता कायम । |
| निर्णय वर्ष / मिति | 2065/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7982 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
