नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7985 · वि.सं. २०६५

नि.नं. 7985 — कर्तब्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदन गर्न पाउने विषय कानूनी हक भएकाले यसलाई सारवान हक कै रुपमा लिइनु पर्ने । (प्रकरण नं.३) § मातहत अदालतले जन्मकैदको सजाय ठहर गरेका मुद्दाहरुमा यस अदालतले आफ्नो सुपरीवेक्षकीय अधिकार अन्तर्गत साधकको रोहवाट हेर्ने कुरा र पुनरावेदकीय अधिकारक्षेत्र अन्तर्गत पुनरावेदन सुन्ने विषय पृथक—पृथक हुँदा जन्मकैद सजायको अन्तिम अनुमोदन यस अदालतवाट हुनै पर्ने बाध्यात्मक कानूनी व्यवस्थाका कारण त्यस्तो सजाय भएका मुद्दाहरुमा पक्षको पुनरावेदन नपरे पनि सम्वन्धित अदालतले साधक जाहेर गर्नुपर्ने । (प्रकरण नं.४) § मिसिल संलग्न प्रमाण वा वस्तुस्थितसँग मेल नखाने विशेषज्ञको राय प्रमाणमा लिन नमिल्ने। § मिसिल संलग्न प्रमाणलाई नजरअन्दाज गरी न्यायकर्ताले विशेषज्ञको रायलाई बाध्यात्मक रुपमा स्विकार गर्नै पर्दछ भनी न्यायकर्ताको विवेकलाई बन्धक बनाउन नमिल्ने । § प्राविधिक कुरामा सम्वन्धित विषयका विशेषज्ञको विज्ञतालाई सहजै इन्कार गरिदैन । तर विशेषज्ञको राय मिसिल संलग्न वस्तुस्थिती एवं सबुद प्रमाणसँग मेल नखाने र वारदातवाट स्थापित तथ्यभन्दा ज्यादै नै पृथक भई शंकास्पद देखिन्छ भने त्यसलाई अस्विकार गर्न सकिने । § भैरहेको कानूनी प्रावधानको उपेक्षा गरी वा गलत अर्थ लगाइ विशेषज्ञको रायलाई प्रमाणमा लिइनु पर्ने भन्ने जिकिर ग्रहणयोग्य नदेखिने । (प्रकरण नं.८) § अपराध गरिसकेपछि अपराधबोध गरी अनुसन्धान र अदालतमा सत्य तथ्य कुरा राखी न्यायीक प्रक्रियालाई सघाउनु पर्नेमा उल्टै पटकपटक भ्रमात्मक कुरा गरी न्यायीक प्रक्रियालाई नै गुमराहमा पार्ने प्रयास गरेको देखिदा त्यस्तो व्यक्तिप्रति सहानुभूति राखि ठहर भएको संजाय घटाउनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7985
मुद्दाको विषयकर्तब्य ज्यान ।
निर्णय वर्ष / मिति2065/06/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
मुद्दा नं.०६४-CF-००२९
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7985
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्