नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7981 · वि.सं. २०६५

नि.नं. 7981 — परमादेश समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संविधानले लिखितरुपमा बालबालिकालाई प्रदान गरेको शिक्षा आर्जन गर्ने हक कुनै किसिमको प्रथा, परम्परा, रीतिरिवाज, मान्यता प्रचलन वा रुढीवादीको नाममा हनन् हुन सक्तैन । कुमारी भएको कारण कुमारीले शिक्षा हासिल गर्न नहुने भनी नेपाल कानून लगायत कुनै पनि कुराले प्रतिबन्ध नलगाएको हुँदा कुमारीहरुको शिक्षा प्राप्त गर्ने मौलिक हक हनन् भएको भन्न नसकिने । (प्रकरण नं.१८) § यस अदालतले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) द्वारा प्रदत्त असाधारण अधिकार अन्तर्गत कुनै कानून वा सरकारको कुनै Executive/Administrative निर्णयले वालवालिकाको हक हनन् गरेमा उपयुक्त आदेश जारी गरी हक प्रचलन गराउँछ । तर परम्परा, प्रचलन, प्रथा वा मान्यताको आधारमा कसैले त्यस्तो हक उपभोग गर्दैन भने समाज आफै सचेत र सजग भएर त्यस्तो हक उपभोग गर्नुपर्छ र यसका लागि समाजमा Awareness को सिर्जना गर्ने र चेतनामूलक कार्यक्रम संचालन गरी हक उपभोग गर्न Empower गर्ने काम कार्यपालिकाको हुने । (प्रकरण नं.२०) § बालबालिकाहरुलाई संविधान र अन्तर्राष्ट्रिय महासन्धिहरुले प्रदान गरेका हक हनन् नगरेसम्म कुमारी प्रथालाई अनुयायी सम्प्रदायको धर्म र संस्कृति सम्बन्धी हकको एक हिस्साको रुपमा मान्नु पर्ने । (प्रकरण नं.२२) § कुमारीहरुले कसैका लागि कुनै श्रम गर्नु नपर्ने एवं जीवित देवी मानी पूजा गर्ने प्रयोजनका लागि कुमारी प्रथाको विकास भएको देखिएको र कुमारीहरुले पनि भक्तजनहरुको पूजा र श्रद्धालाई ग्रहणसम्म मात्र गर्नुपर्ने देखिएको हुँदा कुमारी प्रथाले कुमारी हुने बालिकाहरुको कुनै हक हनन् गर्ने नदेखिने । (प्रकरण नं.२४) § कुमारी भएकै कारणबाट नेपाली बालिकाहरुले नेपालको अन्तरिम संविधान, २०६३ द्वारा प्रदत्त मौलिक हक तथा बालअधिकार महासन्धि लगायत मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरुद्वारा प्रदत्त हकहरु उपभोग गर्न रोक लागेको अवस्था नदेखिने । (प्रकरण नं.२८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7981
मुद्दाको विषयपरमादेश समेत ।
निर्णय वर्ष / मिति2065/05/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री तपबहादुर मगर
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7981
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्