नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7968 · वि.सं. २०६५

नि.नं. 7968 — जवरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ उमेर नपुगेकी अवोध वालिका उपर प्रतिवादीवाट भएको यौन सम्वन्धी आक्रमण (Sexual Assault) निर्दयी र लज्जित प्रकारको कार्य मनसायपूर्वक (Mens rea) र पूर्ण अपराधजन्य मनसायवाट वालिका उपर गरिएको कार्य अशिष्ट आक्रमण (Indecent Assault) मुलुकी ऐन जवरजस्ती करणीको महलको १ बमोजिम sexual offence भित्र पर्ने । § प्रतिवादीको मानसिक असन्तुलन भए रहेको अवस्था समेत नदेखिएको, अदालत समक्ष निजले डर त्रास र कुटपिट गरी सावित रहेको भनी जिकीर लिएतापनि सो कुराको पुष्टी गर्न नसकेको, आफ्नो sexual desire लाई पुरा गर्न वालिकाको Hymen सँग लिङ्ग पुर्‍याएको वा योनीको वरीपरी घर्षण गरेको भन्ने देखिएको, वालिकाको कट्टु र प्रतिवादीको शरिरिक परिक्षणवाट वीर्य स्खलन भएको देखिएको अवस्थामा जवरजस्ती करणीको १ नं. अनुसार जवरर्जस्ती करणीको वारदात कायम हुन पर्याप्त हुने । (प्रकरण नं.७) § प्रतिवादीले प्रहरी समक्ष गरेको वयानलाई जाहेरवाला पीडितको आमा, स्वयं पीडित वालिकाले गरेको वकपत्र र चिकित्सकले दिएको रायवाट अपराधको पुष्टी भएको अवस्थामा जवरजस्ती करणीको महलको १ नं. को कसुरमा ऐ. ३ नं. को देहाय १ नं. वमोजिम कैद वर्ष १२ र ऐ. महलको १० नं. ले प्रतिवादीको आधा अंश समेत पीडितले पाउने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7968
मुद्दाको विषयजवरजस्ती करणी
निर्णय वर्ष / मिति2065/03/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7968
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्