नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7967 · वि.सं. २०६५

नि.नं. 7967 — अपुताली अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रत्यक्ष रुपमा अंश नपाउने व्यक्तिले अप्रत्यक्ष रुपबाट पनि अंश प्राप्त गर्न सक्दैन । अर्थात् अंशलाई अपुतालीको माध्यमबाट प्राप्त गर्न नसकिने । § अपुतालीको हक प्राप्त गर्न कुनै सम्पत्तिमा जो व्यक्तिको अपुताली परेको भन्ने दावी छ, उसको स्वामित्व कायम भइसकेको हुनुपर्ने । § अपुताली पाउनेले अपुताली प्राप्त गर्ने हकको आधारमा मरिसकेको अंशियारलाई अंश दिलाउन वा अंशको दावी गर्न नपाउने । § अंश लिई भिन्न नहुँदै परलोक भएपछि छोरा नहुने र ३५ वर्षकी अविवाहिता छोरी नहुने त्यस्ता अंशियारहरुको अंशहक निजहरुको देहावसान सँगै समाप्त भइसकेको मान्नु पर्दछ । त्यस्तो पैतृक सम्पत्ति विवाहिता छोरीहरुमा वण्डा लाग्ने अवस्था नै नआउने । § बाबु आमाको अंश नै कायम भई नसक्दै विवाह भै आ–आफ्नो घर गैसकेको छोरीहरुले बाबु वा आमाको अपुतालीमा दावी गर्न पाउने अवस्था नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7967
मुद्दाको विषयअपुताली अंश ।
निर्णय वर्ष / मिति2065/01/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7967
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्