सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १२७ / ४४०

नि.नं. 8487वि.सं. २०६७संयुक्त इजलास

सम्बन्ध विच्छेद

§ यथार्थमा पती पत्नीबीचको सम्बन्ध आपसी समझदारी र मेलमिलापबाट मात्र सुमधुर हुने हो । अन्यथा यी कुराको अभावमा त्यस्तो सम्बन्ध निरन्तर कायम राख्नुको कुनै औचित्य नरहने । § अंश मुद्दा दायर गरी अंश पाउने फैसला प्राप्त गरेपश्चात् आफूले पाउने भाग आफ्ना नाममा दर्ता समे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8486वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण समेत

§ एउटै अदालतबाट भएको आदेशलाई नयाँ घटनाक्रम विकास भएर थप तथ्य सिर्जना नभएसम्म सोही अदालत र समान अधिकारक्षेत्र भएको इजलासले बदर गर्नसक्ने अवस्था नहुने । § समान इजलासले गरेको प्रक्रियागत आदेश अर्को इजलासले मान्नु नपर्ने वा पहिलेको आफ्नो आदेश आफैले वा समानस्तरको अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8485वि.सं. २०६७संयुक्त इजलास

आयकर ।

§ आफूले लिएको जिकीर पुष्टि गर्ने जिम्मेवारी स्वयं करदातालाई हुने हुँदा सो जिकीर पुष्टि गर्ने यथेष्ट प्रमाण गुजार्न नसकेको अवस्थामा केवल रकम जम्मा गरिसकेको भनी भनेकै आधारमा मात्र सो कुरा आफैमा प्रमाणयोग्य नहुने । (प्रकरण नं.२) § रकम बुझाएको रसिद, बील भरपाई आदिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8484वि.सं. २०६७संयुक्त इजलास

सार्वजनिक पोखरी जग्गा खिचोला घर उठाई चलन ।

§ घर बनाउने महलको ११ नं मा हदम्यादसम्बन्धी भएको व्यवस्थालाई सार्वजनिक कायम भएको जग्गा सम्बन्धमा समेत लागू हुने गरी व्याख्या गर्दा सार्वजनिक एवं सरकारी कायम भैसकेको जग्गाहरूको संरक्षण नहुनुको साथै सार्वजनिक सम्पत्तिमा अन्तर्निहित आम जनताको अधिकार संरक्षितसमेत ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8484वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण ।

§ सार्वजनिक हक वा सरोकारको दावी लिई आउँदा सार्वजनिक प्रकृतिको विषयवस्तुमा निवेदकको के कसरी सार्थक सम्बन्ध (Substantial Interest) र तात्विक सरोकार (Meaningful Relation) रहेको हो भन्ने कुरा समेत खुलाउन सक्नुपर्ने । § जुन विषयवस्तुलाई अदालतसमक्ष उठाएको छ सो विषयव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8483वि.सं. २०६७संयुक्त इजलास

अंश चलन समेत

§ मतदाता नामावली कुनै निर्वाचनमा भाग लिन कानूनले मतदाता हुनसक्ने व्यक्तिहरूको नाम संकलन गरिएको र निर्वाचन प्रयोजनमा मात्र प्रयोग हुनसक्ने मतदाताहरूको नामको आधिकारिक सूची हो । सो सूचीलाई मतदान गर्ने प्रयोजनको लागि अन्तिम प्रमाणको रुपमा लिन मिल्ने भएपनि सोलाई अथ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8482वि.सं. २०६७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ फैसलाबमोजिम फैसला कार्यान्वयनको सिलसिलामा दरखास्त समेत नदिई फैसला कार्यान्वयनको प्रक्रियामा सम्बन्धित पक्ष प्रवेश नगरेको अवस्थामा मुद्दाको निर्णय गर्ने कार्यालयले तपसील खण्डमा उल्लेख गरी रिट निवेदकलाई विगो बुझाउन नसकेको भनी सोबापत कैदपूर्जी दिई फैसलाको कार्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8481वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण ।

§ कुनै फौजदारी अपराध नैतिक पतन देखिने फौजदारी कसूर हुनका लागि सो कसूर निज कसूरदारको नैतिक आचरणसँग सम्बन्धित कार्य वा कसूर हो भनी ठोस आधार र वस्तुगत कारण हुनुपर्दछ । साथै सो कसूर गर्दा कसूरदारको आपराधिक मनसाय वा उद्देश्य, कसूर गर्दाको परिस्थिति, अवस्था र परिणाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8480वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश समेत

§ सम्झौता संविधान हुन सक्तैन, यो वास्तविकता हो । संविधान र सम्झौताको आ–आफ्नै उचाई, प्रयोजन, मक्सद, प्रभाव, उद्देश्य र अवधि हुन्छ । संविधान देशको मूल कानून हो । सवै कानून संविधान अनुकूल हुनुपर्दछ । संविधानविपरीत कानून बन्न नसक्ने । § सम्झौता कुनै खास उद्देश्य र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8479वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण समेत

§ विवादसँग सम्बन्धित तथ्य केलाउने र तथ्यगत रुपमा मध्यस्थको निर्णयको परीक्षण गर्ने अधिकार अदालतलाई हुँदैन । विवादको विषयसँग सम्बन्धित तथ्य केलाउने र उक्त तथ्यको विषयमा निर्णय गर्ने अन्तिम अधिकार मध्यस्थलाई नै हुन्छ । मध्यस्थ नै विवादमा सम्बद्ध तथ्य केलाउने र यस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8478वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण प्रतिषेध मिश्रित परमादेश

§ मुद्दाको कारवाही प्रारम्भ भएपछि मुद्दाको शुरुमा सुनुवाई गर्ने निकाय वा पदाधिकारीले कुनै विवादको निर्णय गर्दैमा सामान्यतयाः मुद्दामा सो निर्णय अन्तिम नहुने । § कुनै एक व्यक्ति वा निकायले गल्ती गर्न सक्छ । त्यसकारण अर्को व्यक्ति वा निकायबाट निर्णय परीक्षण गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8477वि.सं. २०६७संयुक्त इजलास

हाडनाता करणी ।

§ अ.वं. १० नं. अनुसार सार्वजनिक हित वा सरोकार निहीत रहेको मुद्दामा फिरादपत्र दायर गर्न अड्डाको अनुमति दिंदा अ.वं. १० नं. को अधीनमा रही मुद्दा हेर्ने हाकिम अर्थात् जिल्ला अदालतको हकमा जिल्ला न्यायाधीशले अनुमति दिनुपर्ने । (प्रकरण नं.४) § जिल्ला अदालतमा अ.वं. १०…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8476वि.सं. २०६७संयुक्त इजलास

लुटपीट ।

§ कसैको जग्गा खिचोला गर्नु र जग्गाको बाली लैजानु वेग्ला वेग्लै वारदात र विषय हुन् । अर्काको जग्गा खिचोला गरी बाली लगाएको अवस्थामा बाली खिचोला गर्नेले लगाएको मानी खिचोला गर्नेको बाली स्वीकार गरी लुटपीट ठहर नगर्ने हो भने खिचोलाले वैधानिकता प्राप्त गर्ने र अवैधान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8475वि.सं. २०६७संयुक्त इजलास

अंश चलन

§ आफ्नै आर्जनको कमाइबाट आमाका नाममा खरीद गरेको जग्गा भए तापनि त्यसको वस्तुनिष्ठ प्रमाण पेश हुन नसकेको अवस्थामा आमाका नाममा रहेको त्यस्तो जग्गा स्वाभाविक रुपमा सन्ततिहरूका लागि पैत्रिक सम्पत्ति मानिन्छ, त्यस्तो सम्पत्तिमा छोराको मात्र हक लाग्छ भनी छोरीलाई बाहेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8474वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण समेत ।

§ शिक्षा ऐन, २०२८ को दफा १२(६) बमोजिम विद्यालयबाट तोकिएको पारिश्रमिक पाउने गरी नियुक्त शिक्षक तथा कर्मचारीको व्यक्तिगत हक हित र सुविधाको विषयले निःशुल्क शिक्षा दिने र पाउने संवैधानिक हकलाई अन्यथा गर्न नमिल्ने । (प्रकरण नं.७) § संविधानमा व्यवस्थित निःशुल्क शिक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8473वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण समेत ।

§ अदालतले दोषी ठहर नगरुञ्जेलसम्म अभियोग लागेको व्यक्तिको हैसियत Accused नै रही रहने हुँदा अभियोग लागेको व्यक्ति निर्दोष नै मानिन्छ, अभियोग लाग्दैमा दोषी मान्न नमिल्ने । (प्रकरण नं.१३) § अभियुक्तले आफ्नो विरुद्ध साक्षी हुन कर नलाग्ने अधिकार Wave नगरी त्यो अधिका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8472वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण समेत

§ लोग्नेले स्वास्नीसँग सम्बन्ध विच्छेद गर्न स्थानीय निकायमा जानुपर्ने सोझै जिल्ला अदालतमा फिराद गर्न नपाउने व्यवस्थाको कुनै सम्बन्ध र Justification देखिँदैन । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ को उपधारा (३) को व्यवस्था महिलाको Empowerment को लागि हो । स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8471वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण

§ प्रत्यायोजित विधायनको एउटा निश्चित सीमा हुन्छ, त्यो सीमा भनेको ऐनले निश्चित गरेको विषयमा मात्र सीमित हुनुपर्ने, ऐनको भावनाविपरीत हुन नहुने र ऐन मौन रहेको सारभूत विषयमा नियमद्वारा व्यवस्था गर्न नहुने अर्थात् कार्यविधिगत वा प्रक्रियागत कुरामा मात्र नियम सीमित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8470वि.सं. २०६७संयुक्त इजलास

अंश दर्ता ।

§ अंश माग गर्दै फिराद लिएर आउने पक्षले नै अघिल्लो अंश मुद्दामा मुद्दा सकार गरी सोही हैसियतले पुनरावेदन समेत गरेको पाइन्छ भने दोस्रो अंश मुद्दामा स्वयम् नै पक्ष कायम भएको देखिन्छ । ती दुबै अंश मुद्दामा स्वयम् नै पक्ष कायम भएको देखिन्छ । ती दुबै अंश मुद्दामध्ये…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8469वि.सं. २०६७संयुक्त इजलास

जवर्जस्ती करणी ।

§ जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्ने । § प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्ने । § पीडितको मौकाको कागज, सनाखत कागज र बकपत्र, जाहे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8468वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ सम्बन्धित ऐनमा नै के कस्ता कुरामा पुनरावेदन लाग्ने हो भनी किटानी व्यवस्था गरेको अवस्थामा सो भन्दा बाहेकका विषयवस्तुमा पुनरावेदकीय क्षेत्राधिकार नहुने भनी निष्कर्षमा पुग्नु पर्ने । § विशेष कानूनले पुनरावेदकीय अधिकार नदिएको विषयवस्तुका सम्बन्धमा कुनै पनि साधि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8467वि.सं. २०६७संयुक्त इजलास

परमादेश ।

§ कानून समाजमा हुने परिर्वतन र परिवर्तित परिवेशको प्रतिबिम्व हुने हुँदा समाजको आधारभूत संरचनालाई संरक्षण प्रदान गर्दै जनताको आधारभूत आवश्यकता एवं जायज आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने । § सामाजिक संरचना एवं व्यवस्थालाई व्यवस्थित एवं सुसञ्चालन गर्न सक्ने क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8466वि.सं. २०६७संयुक्त इजलास

जबरजस्ती करणी

§ जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराधजस्तो होइन । सामान्यतयाः अन्य अपराधमा पीडकले गर्ने आपराधिक कार्य (Criminal Act) बाट एक वा अर्को प्रकार र परिमाणको प्रतिफल (Return) प्राप्त हुन्छ । त्यो प्रतिफल आर्थिक लाभ होस, इबी साधन होस अथवा मनोबैज्ञानिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8465वि.सं. २०६७संयुक्त इजलास

भ्रष्टाचार (बैंक ठगी)

§ बैंकबाट ऋण लगानी गर्दा सो ऋण साँवा व्याजसहित उठ्न सक्छ वा सक्दैन भन्ने सन्दर्भमा ऋणीको हैसियत, ख्याति हेरिनु उपयुक्त हुने भए पनि शत प्रतिशत मार्जिनमा खोलिने प्रतीतपत्रमा सो खोल्ने कम्पनी वा फर्मको हैसियत वा क्षमता हेरिनु आवश्यक देखिदैन । बैंकमा पूरा रकम जम्म…

नजिर सार पढ्नुहोस् →