नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8482 · वि.सं. २०६७
नि.नं. 8482 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फैसलाबमोजिम फैसला कार्यान्वयनको सिलसिलामा दरखास्त समेत नदिई फैसला कार्यान्वयनको प्रक्रियामा सम्बन्धित पक्ष प्रवेश नगरेको अवस्थामा मुद्दाको निर्णय गर्ने कार्यालयले तपसील खण्डमा उल्लेख गरी रिट निवेदकलाई विगो बुझाउन नसकेको भनी सोबापत कैदपूर्जी दिई फैसलाको कार्यान्वयन स्वयं गरी निवेदकलाई कैदमा पठाएको देखिँदा विपक्षीको कामकारवाहीमा प्रथमदृष्टि (Prima facie) मा गम्भीर कानूनी त्रुटि देखिने । (प्रकरण नं.४) § प्रमुख प्रशासनिक एवं अर्धन्यायिक निकायको समेत प्रमुखको कार्य गर्ने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारीले मुद्दामा निर्णय गर्दा कानूनमा भएको व्यवस्थाको सामान्य हेक्का समेत नराखी गलत तवरले कानूनको प्रयोग गरी विगोमा भरिभराउन सम्बन्धित पक्षको दरखास्त नपर्दाको अवस्थामा व्यक्तिको कानूनबमोजिम वाहेक थुनामा बस्न नपर्ने संविधानप्रदत्त हक कुण्ठित गर्ने गरी भएको आदेश गैरकानूनी हुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8482 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2067/03/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| मुद्दा नं. | २०६७-WH-००६२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8482 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
