नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8475 · वि.सं. २०६७

नि.नं. 8475 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफ्नै आर्जनको कमाइबाट आमाका नाममा खरीद गरेको जग्गा भए तापनि त्यसको वस्तुनिष्ठ प्रमाण पेश हुन नसकेको अवस्थामा आमाका नाममा रहेको त्यस्तो जग्गा स्वाभाविक रुपमा सन्ततिहरूका लागि पैत्रिक सम्पत्ति मानिन्छ, त्यस्तो सम्पत्तिमा छोराको मात्र हक लाग्छ भनी छोरीलाई बाहेक गर्ने गरी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.६) § पैत्रिक सम्पत्तिको योगदान रहेको भन्ने तथ्य कहिँ कतैबाट स्थापित हुन नसकेको सम्पत्तिमा कसैले आफ्नो निजी आर्जनबाट जोडेको सम्पत्तिलाई सगोलको सम्पत्ति मान्न नसकिने । (प्रकरण नं.८) § निजी आर्जनको सम्पत्तिमा सो आर्जन गर्ने अंशियारको निजी ठहरी आफूखुश गर्न पाउँछ भन्ने अंशबण्डाको १८ नं. मा स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा त्यस्तो सम्पत्तिमा अन्यलाई अंश हक नलाग्ने । (प्रकरण नं.९) § दाजु वहिनीका बीचमा अंश विवाद रहेको अवस्थामा बाबु आमाको सम्पत्तिमा जस्तो निरपेक्ष हकको स्थिति हुँदैन । बाबु आमाको नाममा रहेको सम्पत्तिको स्रोत जे जस्तो भएपनि त्यस्तो सम्पत्ति छोरा छोरीका लागि पैत्रिक मानिन्छ । तर दाजु भाउजूको स्वआर्जनको सम्पत्तिमा बहिनीले पैत्रिक सम्पत्तिसरह दावी गर्न नमिल्ने । (प्रकरण नं.१०) § कुनै सम्पत्ति निजी ज्ञान, सीप र प्रयासको परिणती हो भन्ने तथ्य स्थापित भएको अवस्थामा त्यस्तो ज्ञान, सीप र प्रयासको अवमूल्यन हुने गरी व्यवहार गरिनु नहुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8475
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2067/08/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
मुद्दा नं.०६६-CI-०४१८
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8475
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्