नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8484 · वि.सं. २०६७
नि.नं. 8484 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सार्वजनिक हक वा सरोकारको दावी लिई आउँदा सार्वजनिक प्रकृतिको विषयवस्तुमा निवेदकको के कसरी सार्थक सम्बन्ध (Substantial Interest) र तात्विक सरोकार (Meaningful Relation) रहेको हो भन्ने कुरा समेत खुलाउन सक्नुपर्ने । § जुन विषयवस्तुलाई अदालतसमक्ष उठाएको छ सो विषयवस्तु अदालतबाट न्यायिक निरोपण हुन सक्ने प्रकृतिको हो वा होइन भन्ने सम्बन्धमा समेत विचार गर्नुपर्ने । § विवादित विषयमा निवेदकको सार्थक सम्बन्ध र तात्विक सरोकार नभए पनि मुद्दा गर्न छूट दिदै जाने हो भने हकदैयासम्बन्धी कानूनी सिद्धान्तको व्यवहारिक रुपमा अन्त हुन जाने कुरातर्फ पनि सचेत रहनुपर्ने । (प्रकरण नं.४) § अख्तियार दुरुपयोगसम्बन्धी प्रश्नको अनुसन्धान र अभियोजनको लागि संविधानले नै विशेष व्यवस्था गरेको अवस्थामा सोसम्बन्धी अन्तिम निर्णय लिने अधिकार तत् तत् निकायमा नै रहेको मान्नुपर्ने । (प्रकरण नं.६) § अदालत स्वयंले अभियोजनकर्ता जस्तो भई अभियोजनसम्बन्धी अमुक निर्देशन वा आदेश जारी गरेमा सो न्यायिक निर्णय सरह भै पछि मुद्दा चलाउँदा सम्बन्धित पक्षले निष्पक्ष सुनुवाई नपाउने सम्भावना रहने र निष्पक्ष न्याय पाउन बाधा पर्न सक्ने । (प्रकरण नं.१२) § निजी सरोकारको विषय समावेश भएको कुनै पनि कुरालाई सार्वजनिक सरोकारको विषय मानी न्यायिक निर्णय गर्दै जाने हो भने सार्वजनिक सरोकारको निवेदन दिने प्रचलन तथा प्रवृत्तिमा नै असर पर्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8484 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2067/05/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8484 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
