नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8478 · वि.सं. २०६७

नि.नं. 8478 — उत्प्रेषण प्रतिषेध मिश्रित परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दाको कारवाही प्रारम्भ भएपछि मुद्दाको शुरुमा सुनुवाई गर्ने निकाय वा पदाधिकारीले कुनै विवादको निर्णय गर्दैमा सामान्यतयाः मुद्दामा सो निर्णय अन्तिम नहुने । § कुनै एक व्यक्ति वा निकायले गल्ती गर्न सक्छ । त्यसकारण अर्को व्यक्ति वा निकायबाट निर्णय परीक्षण गर्नुपर्छ भन्ने मान्यताका आधारमा शुरु वा प्रारम्भिक तहबाट भएको निर्णयउपर माथिल्लो निकाय वा पदाधिकारीसमक्ष वा निकायमा पुनरावेदन गर्न पाउने र त्यहाँबाट निर्णय परीक्षण हुनुपर्ने । § तल्लो निकाय वा अधिकारीबाट भएको निर्णयउपर उजूर परेपछि माथिल्लो निकाय वा पदाधिकारीबाट परीक्षण भै अन्तिम भएपछि निर्णयमा परिवर्तन नहुने भएकोले तत्पश्चात् मात्र सो निर्णय कार्यान्वयन गर्नुपर्ने । (प्रकरण नं.४) § गोरखापत्र संस्थानको सम्पत्ति हिनामिना गरेको ठहराई नोक्सानीको बिगो असूलउपर गर्ने संस्थानको कार्यकारी अध्यक्षको निर्णयउपर संस्थानकै सञ्चालक समितिसमक्ष पुनरावेदन परी विचाराधीन रहिरहेको अवस्थामा सो पुनरावेदनमा निर्णय भै अन्तिम भएपछि मात्र निर्णय कार्यान्वयन गर्नुपर्नेमा अन्तिम निर्णय नहुँदै बिगो असूलउपर गर्नका लागि भएको निर्णय र सोबमोजिम तलव कट्टा गरेको कार्य न्यायोचित नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8478
मुद्दाको विषयउत्प्रेषण प्रतिषेध मिश्रित परमादेश
निर्णय वर्ष / मिति2067/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8478
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्