नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8483 · वि.सं. २०६७

नि.नं. 8483 — अंश चलन समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मतदाता नामावली कुनै निर्वाचनमा भाग लिन कानूनले मतदाता हुनसक्ने व्यक्तिहरूको नाम संकलन गरिएको र निर्वाचन प्रयोजनमा मात्र प्रयोग हुनसक्ने मतदाताहरूको नामको आधिकारिक सूची हो । सो सूचीलाई मतदान गर्ने प्रयोजनको लागि अन्तिम प्रमाणको रुपमा लिन मिल्ने भएपनि सोलाई अथवा त्यसमा जनिएको कुनै व्यहोरालाई कसैको अंश हक कायम गर्न वा सो सूचीमा नजनिएको व्यहोराबाट कसैको अंश हक समाप्त भएको मान्ने आधारभूत प्रमाणको रुपमा ग्रहण गर्न नसकिने । § मतदाता नामावलीमा जनिएको अन्य कुनै व्यहोराले कसैको उमेर, नाता आदिलाई विवादरहित र निश्चयात्मक रुपमा स्थापित र प्रमाणित गर्ने निर्णायक प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । § कानूनले जुन उद्देश्य र प्रयोजनको लागि जे जो प्रमाणपत्र वा सूची अधिकारप्राप्त अधिकारीबाट जारी गरिएको हुन्छ सो प्रमाणपत्र वा सूचीलाई सो उद्देश्यवाहेक अन्य उद्देश्य वा प्रयोजनमा सहायक प्रमाणको रुपमा ग्रहण गर्न सकिने भए पनि आधारभूत र निर्णायक प्रमाणको रुपमा ग्रहण गर्न कानूनसंगत नहुने । § अंश मुद्दामा भचष्त तथा सम्बद्ध प्रमाणहरूलाई नै आधार मानी निर्णय गर्नुपर्ने हुन्छ । मतदाता नामावली वा मतदाता परिचयपत्रलाई अंशियार वा नाता प्रमाणपत्रको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.५) § जैविक माता पिता नभएको भनी डी.एन.ए. परीक्षण प्रतिवेदन प्राप्त भएको अवस्थामा तथा सो परीक्षण गर्ने विशेषज्ञले आफ्नो परीक्षण र प्रतिवेदनको आधिकारिकता एवं यथार्थता (Accuracy) को सम्बन्धमा अदालतमा साक्षीसरह बकपत्र गरी दिएको अवस्थामा सो वकपत्र जिरहको माध्यमद्वारा अन्यथा देखिन नआए अदालतले त्यस्तो वैज्ञानिक परीक्षण प्रतिवेदनलाई अमान्य गर्ने कानूनी आधार नदेखिने । § जिरह समेतबाट अन्यथा देखिन नआएको विशेषज्ञको रायलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम अदालतले प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । यस्तो हालसम्मको सर्वमान्य DNA जस्तो वैज्ञानिक परीक्षणको आधारमा विशेषज्ञले दिएको रायलाई त्यस्तै वैज्ञानिक परीक्षण गर्ने विशेषज्ञको अन्यथा राय भएमा मात्र खण्डन गर्न सकिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8483
मुद्दाको विषयअंश चलन समेत
निर्णय वर्ष / मिति2067/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
मुद्दा नं.०६३-CI-७९३
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8483
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्