नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8470 · वि.सं. २०६७

नि.नं. 8470 — अंश दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंश माग गर्दै फिराद लिएर आउने पक्षले नै अघिल्लो अंश मुद्दामा मुद्दा सकार गरी सोही हैसियतले पुनरावेदन समेत गरेको पाइन्छ भने दोस्रो अंश मुद्दामा स्वयम् नै पक्ष कायम भएको देखिन्छ । ती दुबै अंश मुद्दामा स्वयम् नै पक्ष कायम भएको देखिन्छ । ती दुबै अंश मुद्दामध्ये पहिलो मुद्दामा यस मुद्दाकी वादी संझादेवीको हैसियत वादी नै कायम भएको छ । निजका छोराहरू निजबाटै अंश हक पाउने व्यक्ति हुन् । सो अन्तिम निर्णयबाट अंश हक सम्पत्तिको छिनोफानो भइसकेको स्थितिमा पुनः वादी नै बनी प्रतिवादीबाट तायदाती लिई अंश पाऊँ भन्ने वादी दावी उही पक्ष विपक्षबीच उही अदालतमा उही विषयमा परेको मुद्दा मान्नुपर्ने स्थितिमा अ.वं. ८५ लाग्ने । (प्रकरण नं.४) § नजीर प्रयोग हुन तथ्य र विषयवस्तुमा समानताको आवश्यकता पर्ने । (प्रकरण नं.५) § पूर्व मुद्दामा वादीका पति पिताले पाउने ठहरेको सम्पत्ति किटान गरी सो माग प्रतिवादी पक्ष समेतसँग गर्न र निजहरूले इन्कार गरेमा अदालत प्रवेश गर्न यी वादीहरू सदैव सक्षम छन् । अंश हक प्राप्त नगरेसम्म समाप्त नहुने । § दण्ड सजायको ४६(१) नं. मा व्यवस्थित हदम्याद सो मुद्दामा भएको फैसला कार्यान्वयन गर्ने समयसीमा मात्र हो । अंश मुद्दामा अन्तिम फैसला भएको शुरु दुई र थप एक वर्ष समेत तीन वर्षपछि सो फैसला कार्यान्वयनको लागि दरखास्त लिन र अड्डाबाट बण्डा छुट्याई दिन मात्र दण्ड सजायको ४६(१) नं. ले निषेध गरेको हो । यस कानूनले सो अवधिपछि पाउने ठहरेको अंश हक लोप नै हुन्छ, समाप्त नै हुन्छ भनेको होइन । के कुन सम्पत्ति सो अंश मुद्दाको फैसलाबाट प्राप्त भयो सो विवरण खोली हक कायम दर्ता नामसारी जस्ता कानूनी प्रक्रिया अवलम्बन गर्न अदालतको अन्तिम फैसलाबाट अंश हक प्राप्त गर्ने पक्षलाई कानूनी मार्ग नै बन्द गरिएको अर्थमा दण्ड सजायको ४६(१) नं. लाई ग्रहण गरिन नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8470
मुद्दाको विषयअंश दर्ता ।
निर्णय वर्ष / मिति2067/02/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8470
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्