§ तेरो मेरो भन्ने भई हक बेहकको प्रश्न उपस्थित भएकोमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्ने । (प्रकरण नं. १२)
§ दर्तावालालाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट समेत वञ्चित गरी रिट निवेदकको नाम दर्ता रहेको जग्गा प्रत्यर्थीलाई मोहीमा कायम गरी मोहीको प्रमाणपत्र पाउने ठहर्याई भू.सु.कार्यालय धनुषाले गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
§ नियमहरूले तोकेको कार्यविधी नअपनाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(क) बमोजिम मोही कायम गरेको उच्चस्तरीय समिति दाङको निर्णय त्रुटिपूर्ण भएको हुँदा बदर हुने । (प्रकरण नं. ९)
§ आधार प्रमाणबाट रिट निवेदकलाई मोही हकबाट निष्कासन हुने ठहर्याई प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीबाट निर्णय गरेकोमा कानूनको त्रुटि गरी निर्णय गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १०)
§ तोकिए बमोजिम कूत निवेदकलाई दिलाउनु पर्नेमा सो नगरी साविक बमोजिम धरौट रहेको कूत निवेदकले बुझी लिनु पर्ने निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)
§ निर्णयमा उल्लेख भएको आधारलाई न्यायिक आधार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) आफ्नो तजविजी अधिकारको प्रयोगगर्दा न्यायिक कारणहरू प्रष्ट रूपमा खुलाएको हुनु पर्ने। (प्रकरण नं. ११) (३) लाचारी वा गल्ती न्यायिक निर्णयको आधार बन्न नसक्ने । (प्रकरण नं. ११)
§ विवादमा रहेको पोखरीको मौवाह गा.पं.सप्तरीलाई कुनै प्रतिवाद गर्ने मनासिब माफिकको मौका नै नदिई जिल्ला पञ्चायत न्याय समिति आफैंले गा.पं.लाई दिएको दिन ३ को अवधि समाप्त नहुँदै गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध देखिने । (प्रकरण नं. ९)
§ अदालतमा साविती भएको र मर्नेका बायाँ कञ्चटको हड्डी समेत कुच्चिएको भन्ने लास प्रकृति मुचुल्काबाट देखिएकोले निजको ज्यान मार्नाको मनसाय नरहेको भन्ने देखिन नआउने । (प्रकरण नं. १४)
§ रजिष्ट्रेशन पारित भएको राजीनामा लिखतमा वादी साक्षी बसेको र लिखत पारित हुँदा कार्यालयबाट सनाखत समेत गराएको तथा वादी लेखपढ गर्न जान्ने व्यक्ति भएको देखिएका आधारमा कीर्ते कागजको परिभाषा भित्र नपर्ने । (प्रकरण नं. १५)