सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३६० / ४४०

नि.नं. 1916वि.सं. २०४१संयुक्त इजलास

ज्यान

§ अदालतको आदेशानुसार जोहरवाला र सरजमीनका मानिसहरूलाई उपस्थित गराउनु वादी पक्षको दायित्व हो । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1915वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ तारेख छाडेकै कारणले मात्र वादीको दावी स्वीकार गरेको भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1914वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ ऐनमा भएको व्यवस्थानुसार बाली नबुझाउने मोहीलाई सर्वप्रथम निष्कासन गर्ने या नगर्ने तर्फ निर्णय गर्न पर्ने र त्यसपछि बाली भराउने या नभराउने तर्फ विचार गर्नुपर्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1913वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ सबूद प्रमाणको मूल्याङ्कन गरी क्षेत्रीय अदालतको निर्णय ठीक बेठीक के छ भनी रिट क्षेत्रबाट हेरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1911वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ हनन भएको आफ्नो हकको संरक्षणको लागि उचित समयभित्रै अदालतको सहयोग गुहार्न आउनु पर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1910वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ

§ निर्विवाद हकलाई लिएर रिट निवेदक आएको नदेखिएकोले निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1909वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ विशेष कारण नपरी बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सकिने र त्यस्तो मोहीबाट कूत समेत भराई दिने तजविजी अधिकारी भूमिसुधार अधिकारीलाई भएकै देखिन्छ । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1907वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

§ उच्चस्तरीय समितिलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ बमोजिम मोही बेदखली सम्बन्धी मुद्दा हेर्ने अधिकार छैन भन्ने रिट निवेदनको भनाई कानूनसंगत देखिन आएन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1905वि.सं. २०४१संयुक्त इजलास

ज्यान

§ भरपर्दो एवं तथ्ययुक्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर फौजदारी अभियोगमा दोषी मान्न मिल्दैन । (प्रकरण नं. ३०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1904वि.सं. २०४१संयुक्त इजलास

फैसला बदर हक कायम

§ सगोलको सम्पत्ति बिक्री गर्दा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. अनुसार वादीको मञ्जूरी लिनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था भएको पाइने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1903वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(क) बमोजिम वास्तविक जग्गा जोत्ने मोहीको उजूरी लिई कारवाही गर्दा समितिले भूमिसम्बन्धी नियमहरू, २०२१ को संशोधित नियम ११(क) मा व्यवस्थित कार्यविधिहरूलाई बाध्यात्मक रूपले अपनाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1902वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ एउटा निर्णय भई टुङ्गो लागिसकेको मुद्दाको पूरकको रूपमा अरू कुनै कारवाई नगरी पहिलेकै मुद्दाको कारवाहीमा आधारित गरी मुद्दाको निर्णय गरेकोलाई त्रुटिपूर्ण निर्णय गरेको भन्नु पर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1900वि.सं. २०४१संयुक्त इजलास

जालसाजी

§ हक टुटेको लिखत प्रमाण बेगर भोगबन्धकी थैली तिरी निखनी लिई पुनः बन्धकी दिई बन्धकी निखनी आफ्नै परिवारमा बण्डा गरी नक्सा पास समेत गरेको समेत कारणबाट अपुतालीमा हक नपुग्ने वादीको हकको सिर्जना हुन्छ भन्न सर्वथा न्यायसंगत नहुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1898वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ प्रमुख जिल्ला अधिकारीलाई रजिष्ट्रेशन पारित भइसकेको लिखतलाई बदर गर्न पाउने अधिकार कुनै ऐन नियमले प्रदान गरेको पनि नदेखिने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1897वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान

§ कसूर गरेको भनी भरपर्दो एवं शंकारहित तवरबाट प्रमाणित हुनसकेको पाइँदैन, यस स्थितिमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार बनाउन मिल्ने नदेखिने । (प्रकरण नं. ३५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1896वि.सं. २०४१पूर्ण इजलास

उत्प्रेषण वा परमादेशयुक्त आज्ञा, आदेश वा पूर्जि जारी

§ सृजित विवादकै आधारबाट कसैको कुनै हकमा आघात पर्ने रहेछ भने सबूत प्रमाणको मूल्याङ्कन गरी निरोपण गर्ने विषय हो भनी पीडित पक्षलाई अदालतले उपचार प्रदान नगर्ने भन्न पनि उचित नहुने । (प्रकरण नं. २५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1895वि.सं. २०४१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ पारित भएको राजीनामा बमोजिमको कित्ता सच्याई दाखिल खारेज गर्न सक्ने अधिकार दफा ७(३) ले मालपोत कार्यालयलाई प्रदान गरेको देखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1894वि.सं. २०४१पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ ऐनले निर्दिष्ट गरेको अवस्था बाहेक मोहीको हक समाप्त गर्न पाउने अधिकार ऐनले जग्गाधनीलाई कतै प्रदान गरेको नदेखिने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →