सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३१७ / ४४०

नि.नं. 2948वि.सं. २०४३पूर्ण इजलास

लिखत बदर

(१) साविक मुलुकी ऐन साहू असामीको ८ नं. र मुलुकी ऐन, लेनदेन व्यवहारको तत्कालीन १० नं. समेतले आफूले आर्जेको सम्पत्ति आफू खुस गर्न पाउने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2947वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषण

(१) सुनको मोल कायम गरी पाउँ भन्ने वादी दावी नभई दृष्टिबन्धकीको लिखत पारित गरी पाउँ भन्ने वादी दावी भएकोमा सुनको मोल बिगो कति हुने भनी अदालतले ठहर गरी रहन नपर्ने । (प्रकरण नं. १०) (२) जिल्ला अदालत लगायत कुनै पनि तहबाट सुनको मोल बिगो यति कायम हुने भनी ठहर नभएकोम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2946वि.सं. २०४३पूर्ण इजलास

लिखत पारित

(१) प्रतिवादीले अदालतमा बयान गर्दा लिखत आफ्नो हस्ताक्षरले लेखेको र लेखात्मक तथा ल्याप्चे सहिछाप गरी दिएको कुरा उल्लेख गरेबाट लिखत कीर्ते वा जालसाजी भन्ने स्थिति नरहने । (प्रकरण नं. १०) (२) प्रतिवादीले गरेको कागजको व्यहोराले नै प्रतिवादीको कथनलाई खण्डन गरिरहेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2945वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) परीक्षामा कुनै उम्मेदवारले अत्याधिक बढी अंक प्राप्त गरेको वा कुनै उम्मेदवारले अस्वाभाविक रुपले कम अंक प्राप्त गरेको मात्र एक आधारमा सो परीक्षालाई निष्पक्ष तरीकाले भएन भनी दोषारोपण गर्न नमिल्ने । (प्रकरण नं. १०) (२) एकपटक लिएको अन्तरवार्ता अपूर्ण भयो भनी रद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2944वि.सं. २०४३पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

(१) अ.बं. ११८ को देहाय ३ को प्रावधानहरू, त्यस्तै गरी अ.बं.११८ को देहाय ४, ५, ६, ९, ८ र ७ को व्यवस्थाहरू पनि ज्यान मरिसकेको अवस्थामा मात्र आकर्षित हुने । (प्रकरण नं. १०) (२) ज्यान मार्ने उद्योग मुद्दामा अ.बं.११८ को देहाय १० आकर्षित हुने । (प्रकरण नं. १०) (३) पि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2943वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोहीको मृत्यु भएपछि निजको हक नामसारी गर्ने सम्बन्धमा हदम्यादको कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ९) (२) दर्तावाला मोही मरी निजका पत्‍नी वा छोराहरू भएको अवस्थामा मोहीको नाउँ कट्टा गरी पाउँ भनी उजूर गर्न सक्ने र सो बमोजिम लगत कटाउन सक्ने व्यवस्था का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2942वि.सं. २०४३पूर्ण इजलास

जग्गा दर्ता

(१) राजीनामा गरी दिई सो जग्गा मैले हकसफा गरी लिएकोबाट हक भएको भनी दावी गर्दै उल्लेख गरेको ४ किल्ला हाल झगडा परेको भनी ०३४।५।७ मा भएको नक्शामा नक्शा नं. १२ को किल्लासंग मिल्न भिड्न आएको देखिँदा सो झगडा परेको जग्गा वादीको हो भन्ने कुरा स्पष्ट हुन आउने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2941वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) नगर पञ्चायतलाई घर बनाउने जग्गामा तेरो मेरो सम्बन्धी प्रश्‍नको विवाद पर्न गएमा सो विवादको निर्णय गर्ने अधिकार प्रदान गरेको देखिँदैन । यस्तो विवाद परेमा अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2940वि.सं. २०४३पूर्ण इजलास

हक सफा

(१) कुनै जग्गामा घरबास गरी कमाई आएको व्यक्तिलाई मोही कुरिया भन्न सकिने । (प्रकरण नं. १८) (२) मोही र मोही कुरियाको एउटै स्थिति नभई बेग्ला बेग्लै कानुनी स्थिति भएको देखिने । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2939वि.सं. २०४३पूर्ण इजलास

नेपालको संविधानको धारा ७१ अनुसार आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) जग्गा खिचोला मुद्दामा अन्तिम निर्णय नभई जग्गावालाको यकीन नभएसम्म बाली भराई पाउँ भन्ने मुद्दामा निवेदकले बाली बुझाउनु पर्ने ठहराएको निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2938वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषण

(१) विपक्षीलाई भू.सु.का.को निर्णयमा चित्त नबुझेको खण्डमा बदर गराउनको लागि कारवाही चलाउन पर्दथ्यो सो गरेको मिसिल संलग्न कागजबाट देखिन आउँदैन । बदर नभई कायम रहेको फैसला निजको विरुद्धमा प्रमाण नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १२) (१) १ नं.अनुसूची भरी २ नं.लगत प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2936वि.सं. २०४३पूर्ण इजलास

जग्गा खिचोला

(१) निवेदन दिँदा उत्तर पश्चिम हरिप्रसादको जग्गा भनी स्वीकार गरेकोमा अहिले आएर उक्त जग्गामा प्रतिवादीले खिचोला गर्‍यो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2935वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषण

(१) सन्धिसर्पन पर्ने व्यक्ति हो होइन भन्ने कुराको सबूद प्रमाण बुझी इन्साफ गर्नुपर्ने देखिएपछि अदालतमा नालिश दिन जानु भनी सुनाउनु पर्नेमा भूमिप्रशासन कार्यालय आफैंले अधिकारक्षेत्र ग्रहण गरी निखन्न पाउने ठहराएको र सोही इन्साफ सदर गरी प्रमुख जिल्ला अधिकारीले गरेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2934वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषण

(१) भू.प्र.का.महोत्तरीले निवेदकलाई मोही कायम गरेकोमा चित्त नबुझेको भए अ.बं.८६ नं. बमोजिमको म्यादभित्र उजूर गरी उक्त मितिको निर्णयलाई बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १२) (२) बदर नभई कायम रहेको फैसला निजको विरुद्धमा प्रमाण नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2933वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) घरसारमा राजीनामा गरी रजिष्ट्रेशन पास गराई बेचेको भन्ने उल्लेख भएको जग्गा प्राप्त गर्नुभन्दा पहिले प्रतिकूल असर पर्ने निवेदिकालाई आफ्नो कुरा भन्ने अवसर प्रदान गर्नु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2932वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा अघिदेखि कमाई घर समेत बनाई आएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) बमोजिम हक छाडी दिन सक्ने सम्पत्ति देखिन्छ र सो बमोजिम अनन्तमानले आफ्नो भाग बुझी अंश छोडपत्र समेत गरेको देखिँदा मोहियानीको जग्गामा साविक मोहीको मृत्युपछि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2931वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) लोकसेवा आयोगको सूचनामा उल्लेख भएका शर्त पुशपतिकुमार द्विवेदीको हकमा पूरा भएको र रिट निवेदकको हकमा पूरा नभएको देखिन आउँछ, यस्तो स्थितिमा लोकसेवा आयोगबाट निर्णय हुँदा पक्षहरूका बीच समान व्यवहार भएन भन्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2930वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) आवश्यक खर्चहरू कटाई निर्धारित हुनआएको खुद आयमा मात्र आयकर लगाई असूल उपर गर्नु पर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2929वि.सं. २०४३पूर्ण इजलास

अंश

(१) प्रतिवादी जिकिर अनुसार अघि नै अंशबण्डा भइसकेको र वादीले आफ्नो अंश पाइसकेको भन्ने कुनै कानुनले मान्य हुनसक्ने प्रमाण पेश गर्नसकेको देखिन आउँदैन । वादी प्रतिवादी दुबै पक्षबाट पेश गरेको तायदातीमा तीन अंशियार मध्येको एक अंशियार भाउजू निमकुमारीको परलोक भइसकेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2928वि.सं. २०४३पूर्ण इजलास

निषेधाज्ञा

(१) यिनै वादी तथा प्रतिवादी भएको अंश मुद्दामा वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहरी फैसला भएकोबाट निवेदक प्रतिवादीसंग सगोलमा रहेको भन्नु पर्ने हुँदा निवेदकलाई निजको बसोबास भएको घरबाट प्रतिवादीहरूले हटाउन पाउने नदेखिने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2927वि.सं. २०४३पूर्ण इजलास

कर्तव्य ज्यान मुद्दामा पुनरावेदनको अनुमति पाउँ

(१) संशोधित न्यायप्रशासन सुधार ऐन, २०३१ प्रारम्भ भएको मिति अर्थात् २०४३।७।२४ अगावै जिल्ला अदालतबाट शुरु कारवाही गरी गरेको निर्णयउपर क्षेत्रीय अदालतमा पहिलो पुनरावेदन परी सो ऐन लागू हुनु अगावै क्षेत्रीय अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर सर्वोच्च अदालतमा पु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2926वि.सं. २०४३पूर्ण इजलास

दर्ता बदर हक कायम

(१) सर्भे नाप जाँचको परिणाम स्वरुप एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नु पर्ने कारणको श्रृजना भएको मान्नु पर्ने हुन्छ, किनभने जग्गा नाप जाँच भएपछि हक प्रमाणको प्रमाणिक अभिल…

नजिर सार पढ्नुहोस् →