नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2929 · वि.सं. २०४३

नि.नं. 2929 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादी जिकिर अनुसार अघि नै अंशबण्डा भइसकेको र वादीले आफ्नो अंश पाइसकेको भन्ने कुनै कानुनले मान्य हुनसक्ने प्रमाण पेश गर्नसकेको देखिन आउँदैन । वादी प्रतिवादी दुबै पक्षबाट पेश गरेको तायदातीमा तीन अंशियार मध्येको एक अंशियार भाउजू निमकुमारीको परलोक भइसकेको भन्ने उल्लेख गरेको पाइन्छ । अतः दुबै पक्षबाट आफ्ना आफ्ना जिम्माको श्रीसम्पत्तिको ऐन बमोजिम तायदाती दाखिल गराउने आदेश गरी प्रतिवादीले पेश दाखिल गरेको तायदातीबाट देखिन आएको समेतको सम्पत्तिबाट वादीले २ अंशको १ अंश पाउने ठहर्‍याई यस अदालतको डिभिजनबेञ्चबाट भएको फैसला मनासिब ठहर्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2929
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2040/11/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2929
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्