सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २५० नजिर अभिलेखमध्ये पृष्ठ ११ / ११

नि.नं. 10172वि.सं. २०७६संयुक्त इजलास

जबरजस्ती करणी) भनी सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तहरूको आधारमा समेत उक्त फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीले सफाइ पाउने ठहर्‍याई भएको फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदनपत्र ।

जबरजस्ती करणी

पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको हो भन्दैमा जबरजस्ती करणी ठहर हुन सक्ने अवस्था हुँदैन । सो कुरा मिसिल संलग्न स्वतन्त्र सबुद प्रमाणबाट तथ्यगत रूपमा पुष्टि हुन सक्नु पर्दछ । जबरजस्ती करणी मुद्दामा पीडितको कागज बेहोरा सबुदको रूपमा रहने भए तापनि अकाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10171वि.सं. २०७६संयुक्त इजलास

अबन्डा जग्गा बन्डा गरिपाऊँ

कानूनबमोजिम आफ्नो हक लाग्ने सम्पत्ति परित्याग गरेको स्पष्ट आधार देखिनु पर्छ । त्यस्तो आधार अनुमानको विषय हुन नसक्ने । पुर्ख्यौली सम्पत्ति एउटा अंशियारले पाउने अर्को अंशियारले नपाउने भनी व्याख्या गर्न कानूनसङ्गत हुँदैन । जब पैतृक सम्पत्ति भन्नेमा विवाद देखिँदैन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10170वि.सं. २०७६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कुनै पनि निकायले अनुसन्धानको क्रममा पक्राउ गर्न पाउने सो निकायको अन्तर्निहित अधिकार कदापि होइन । आफ्नो अधिकार प्रयोग गर्दा कानूनको प्रक्रियाअनुरूप गर्नुपर्ने देखिन्छ । कानून प्रदत्त स्वविवेकको अधिकार प्रयोग गर्दासमेत वस्तुनिष्ठ र मनासिब आधार र कारण खुलेको देखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10169वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम रहेको सरकारी वा सार्वजनिक जग्गामा कुनै व्यक्तिले लामो समयसम्म भोगचलन गरेकै आधारमा व्यक्ति विशेषको नाममा नामसारी गर्न मिल्ने नदेखिने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10168वि.सं. २०७६संयुक्त इजलास

करार भंग गरेकाले मेरो सम्पत्ति फिर्ता दिलाई क्षतिपूर्तिसमेत दिलाई पाऊँ

बैंकमा कुनै सम्पत्ति (चल / अचल) धितो राखी कर्जा / ऋण लिँदा बैंक र व्यक्तिबीच गरिएको सर्तनामा र तमसुकमा उल्लिखित सावाँ रूपैयाँको ब्याज चुक्ता गर्नेबारे समय सीमा निर्धारण गरी सर्त बन्देज तोकिएको हुन्छ र सो सर्तबमोजिम सावाँ ब्याज चुक्ता भएपछि मात्र बैंकमा धितो रा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10167वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

निजामती सेवा नियमावली, २०५० को नियम १२७(२) ले तालिमको सम्बन्धमा द्विविधा भएमा समकक्षता निर्धारण गर्न सम्बद्धता निर्धारण समितिको व्यवस्था गरेको छ भने बढुवा समिति स्वयम् सन्तुष्ट भएमा समकक्षता निर्धारण हुनैपर्छ भन्ने नदेखिने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10166वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

आधार र कारण उल्लेख नभई भएको निर्णयमा स्वेच्छाचारिता देखिन्छ भने त्यस्तो निर्णयमा निर्णयकर्ताको बदनियतसमेत हुन सक्ने हुँदा निर्णय गर्नेले कानूनबमोजिमको पर्याप्त कारण र आधार खुलाई मात्र निष्कर्षमा पुग्नु पर्ने । स्वेच्छाचारिता एवं बदनियतपूर्ण निर्णयबाट संविधान प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10165वि.सं. २०७६संयुक्त इजलास

जबरजस्ती करणी

कुनै पुरूषले आफ्नो यौन तृष्णा मेटाउने मनसाय राखी पीडित महिलाको मन्जुरीबेगर जबरजस्तीपूर्वक आफ्नो लिङ्ग महिलाको योनिमा प्रवेश गराई वा अन्य तरिकाले यौन सन्तुष्टि लिएको हुन्छ । यसप्रकार जबरजस्ती करणीको कसुर हुनका लागि जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10164वि.सं. २०७६संयुक्त इजलास

निर्णय दर्ता बदर

विबन्धनको सिद्धान्त हक खानेको हकमा पनि समान रूपमा आकर्षित हुने हुँदा बाबुले स्वीकार गरेको तथ्यलार्इ इन्कार गर्न विबन्धनको सिद्धान्तले यी प्रतिवादीहरूलार्इ समेत रोक्ने । (प्रकरण नं.२) कुनै मुद्दाको रोहमा प्रमाण बुझ्ने प्रसङ्गमा जारी भएको म्याद पक्षले प्राप्त गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10163वि.सं. २०७६पूर्ण इजलास

परमादेश

कर लाग्ने वा नलाग्ने भन्ने विषयको मूल आधार राष्ट्रिय कानून नै हो । राष्ट्रिय कानूनले पुँजीगत लाभकर लाग्छ भनेमा कर लाग्ने हो र लाग्दैन भनेमा नलाग्ने हो । यसबारे द्विविधा रहनुपर्ने कुनै कारण नदेखिने । (प्रकरण नं.११) लाभमा कर लाग्ने भनेको स्वामित्वको निसर्ग हुँदा…

नजिर सार पढ्नुहोस् →