नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10172 · वि.सं. २०७६

नि.नं. 10172 — जबरजस्ती करणी) भनी सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तहरूको आधारमा समेत उक्त फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीले सफाइ पाउने ठहर्‍याई भएको फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदनपत्र ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको हो भन्दैमा जबरजस्ती करणी ठहर हुन सक्ने अवस्था हुँदैन । सो कुरा मिसिल संलग्न स्वतन्त्र सबुद प्रमाणबाट तथ्यगत रूपमा पुष्टि हुन सक्नु पर्दछ । जबरजस्ती करणी मुद्दामा पीडितको कागज बेहोरा सबुदको रूपमा रहने भए तापनि अकाट्य प्रमाणको रूपमा भने लिन मिल्ने अवस्था हुँदैन । त्यस्तो बकपत्रमा उल्लेख भएका कुराहरू विश्वसनीय पनि देखिनु पर्ने । (प्रकरण नं.३) कन्याजाली फाटेको भन्ने तथ्यले जबरजस्ती करणी गरेको तथ्य स्थापित गर्न सहयोग पुग्ने भएपनि अन्य स्वतन्त्र प्रमाणहरूबाट सो कुरा पुष्टि नभएसम्म कन्याजाली फाटेकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुगी हाल्न मनासिब नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10172
मुद्दाको विषयजबरजस्ती करणी) भनी सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तहरूको आधारमा समेत उक्त फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीले सफाइ पाउने ठहर्‍याई भएको फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदनपत्र ।
निर्णय वर्ष / मिति2073/05/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री धन सिंह महरा
मुद्दा नं.०७१-CR-०९८९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10172
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्