नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10171 · वि.सं. २०७६
नि.नं. 10171 — अबन्डा जग्गा बन्डा गरिपाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनबमोजिम आफ्नो हक लाग्ने सम्पत्ति परित्याग गरेको स्पष्ट आधार देखिनु पर्छ । त्यस्तो आधार अनुमानको विषय हुन नसक्ने । पुर्ख्यौली सम्पत्ति एउटा अंशियारले पाउने अर्को अंशियारले नपाउने भनी व्याख्या गर्न कानूनसङ्गत हुँदैन । जब पैतृक सम्पत्ति भन्नेमा विवाद देखिँदैन र सो सम्पत्ति बन्डा भएको छैन भने त्यसलाई अंशियारहरूबीच अबन्डा रहेको सम्पत्तिकै रूपमा लिनु पर्छ र त्यस्तो अबन्डाको सम्पत्ति सबै अंशियारहरूलाई बन्डा लाग्ने । (प्रकरण नं.६) पुनरावेदक / वादी : विद्वान् अधिवक्ता श्री देवीप्रसाद दाहाल प्रत्यर्थी / प्रतिवादी : विद्वान् अधिवक्ता श्री दिनेश सुवाल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10171 |
|---|---|
| मुद्दाको विषय | अबन्डा जग्गा बन्डा गरिपाऊँ |
| निर्णय वर्ष / मिति | 2075/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी | माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय |
| मुद्दा नं. | ०७४-CI-००१५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10171 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
