नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9999 · वि.सं. २०७५

नि.नं. 9999 — सम्बन्ध विच्छेद

सिद्धान्त / नजिर सार (Headnote Summary)

आमा, छोरा, छोरी र श्रीमतीको रक्षा-शिक्षाको जिम्मेवारीबाट उम्की घरै छोडी हिँड्ने लोग्नेले आफ्नी श्रीमतीसँग निजको मन्जुरी नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेद गर्न पाउँछ भन्ने मनसाय मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको १ नं.को देहाय १ को कानूनी व्यवस्थाको नभई श्रीमतीले श्रीमान्‌को मन्जुरीबेगर घर छाडी अलग बसेको हकमा मात्र आकर्षित हुने हुँदा उक्त कानूनी व्यवस्थाले प्रत्यर्थी वादीलाई सम्बन्ध विच्छेद गर्न छुट दिएको भन्न नमिल्ने । (प्रकरण नं.३) पत्नीले घर परिवारको (सासु र बालबच्चाको) जिम्मा लिई घरमा बस्दा घरको आर्थिक व्यवहार मिलाउनका निम्ति अंश लिनसक्ने तर पारिवारिक पहिचान (Identity) र सामाजिक संस्कारको निम्ति सम्बन्ध विच्छेद नगरी बस्नसक्ने नै हुन्छन् । अतः पत्नीले अंश लिएमा पतिलाई आफ्नी पत्नीसँग विवाहवारीको महलको १० नं. ले अर्को विवाह गर्नसक्ने भन्नुको अर्थ सम्बन्ध विच्छेद गर्न बाटो खुलेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9999
मुद्दाको विषयसम्बन्ध विच्छेद
निर्णय वर्ष / मिति2075/01/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०६७-CR-०७२६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9999
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्