नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9996 · वि.सं. २०७५
नि.नं. 9996 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै जग्गाको जग्गाधनीले सो जग्गाको मोही लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा निर्णय गर्ने अधिकारप्राप्त निकाय वा अधिकारीले निर्णय गर्नुपूर्व सो जग्गाको मोही वा निजको हकवालालाई सुनुवाइ र प्रतिवाद गर्ने मौका दिई दुवै पक्षका कुरा सुनी निर्णय गर्नुपर्दछ । मोही वा निजको हकवालालाई सुनुवाइको मौका नदिई केबल जग्गाधनीको निवेदनको आधारमा मात्र एक पक्षीयरूपमा मोही लगत कट्टा हुने गरी भूमिसुधार कार्यालयले गरेको निर्णयबाट मोहीको मोहीयानी हकमा प्रतिकूल असर पर्ने हुँदा त्यस्तो निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भई बदरभागी हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9996 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/11/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. |
| मुद्दा नं. | ०६९-CI-१०७१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9996 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
