नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9995 · वि.सं. २०७५

नि.नं. 9995 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकको हकमा जालसाजी मुद्दाको रोहमा संरक्षकको भूमिकामा अन्य कुनै उनाउ व्यक्ति रहेको नभई निजको एकाघरमा रहिरहेकी आफ्नै आमाले निवेदकको हकमा संरक्षक भई एवं आफ्नो हकमा समेत दायर गरेको उक्त मुद्दा फिर्ता लिँदाको प्रक्रियामा तत्कालीन अवस्थामा संरक्षित रहेकी यी रिट निवेदक नाबालकको हकमा समेत स्वतः मुद्दा फिर्ता हुन जाने नै हुन्छ । त्यसरी दायर भएका मुद्दामा वादी दाबी फिर्ता वा खारेज गरिदिँदा संरक्षित नाबालकको हकको फिराद दाबीलाई मात्र बाँकी राखिराख्न पर्ने बाध्यात्मक कानूनी व्यवस्थासमेत रहेको देखिएको छैन । यस्तो अवस्थामा नाबालकको हकमा दायर रहेको मुद्दामा सोही संरक्षकले मुलुकी ऐन, अदालती बन्दोबस्तको ९२ नं.बमोजिम फिर्ता लिन नसक्ने भन्‍ने अर्थ गर्न मिल्ने नदेखिने । (प्रकरण नं.६) आफ्नै आमा जस्ले आफ्नी छोरीको संरक्षण गरिरहेकी छन् उसैले छोरीको हित प्रतिकूल कार्य गर्छ भन्‍ने सोच्न सकिने विषय होइन । स्पष्ट कारणको अभावमा आमाले छोरीको हित प्रतिकूल कार्य गरेको भनी निष्कर्ष निकाल्न नमिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9995
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/05/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०६८-wo-०६३३
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9995
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्