नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9992 · वि.सं. २०७५
नि.नं. 9992 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृतकका दैयादारले अ.बं. ६२(३) नं. को म्याद ३५ दिनभित्र अ.बं. ७० नं. बमोजिम मुद्दा सकार गराउन आउने सामान्य व्यवस्था हो । सो म्याद नाघेर मुद्दामा निरन्तर तारेखमा रहेका मृतकको दैयादार छोराले अ.बं. ५९ नं.को सुविधा लिई आफ्नो मुद्दा सकार गराई पाउँ भनी निवेदनसमेत दिएको अवस्थामा अ.बं. ६२ नं. को संकुचित व्याख्या गरी मुद्दा सकार गर्न नदिने हो भनी अ.बं. ५९ नं. ले पक्षलाई दिएको कानूनी अधिकारबाट वञ्चित हुने अवस्था आउँछ । यस सन्दर्भमा अ.बं. ६२ नं. र ५९ नं. लाई एकसाथ हेरिनु न्यायसङ्गत हुन जाने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9992 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री मीरा खड्का |
| मुद्दा नं. | ०७२-WO-०७६० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9992 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
