नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9987 · वि.सं. २०७५
नि.नं. 9987 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोही हक खरिद बिक्री हुँदाको अवस्थामा कित्ताकाट हुने अवस्था स्वभावत: हुने हुँदा कानूनी व्यवस्थाले नै स्पष्ट रोक लगाएकोमा बाहेक मोही खरिद बिक्रीको बखत कित्ताकाट गर्ने कार्य नियमित कार्य नै मान्नु पर्ने । (प्रकरण नं.८) परापूर्वकालदेखि घरबास गरी आएको मोही हकको जग्गा बिक्री गर्न वा अन्य प्रकारले हक छाडी दिन सकिने अवस्थामा मोहीका अंशियारहरू बीच अंशबन्डा हुन सक्तैन भन्नु मनासिब नदेखिने । मोहीले भोग गरी आएको घर र सो घरले चर्चेको जग्गा बन्डा भए पनि गुठीको स्वामित्ववालालाई जग्गाधनीको हैसियतमा प्राप्त हुने हकमा असर पर्ने अवस्था देखिँदैन । भोगाधिकारको हैसियतसम्म स्वाभाविकरूपमा केही परिवर्तनको स्थिति रहे पनि स्वामित्वको विषयमा कुनै परिवर्तन हुने नदेखिएको र मोही रहेको आधारमा मोहीका परिवारहरूका बीच सगोलमा निर्माण भएको घर बन्डा गर्न पाउने हकलाई निष्प्रयोजन वा संकुचित हुने गरी अर्थ लगाई अंशबन्डा लिखत नै पारित गर्न अस्वीकार गर्नु न्यायोचित नहुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9987 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/05/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री र्इश्वरप्रसाद खतिवडाको रायबाझी आदेश । | माननीय न्यायाधीश श्री आनन्दमोहन भट्टरार्इको रायबाझी आदेश । | माननीय न्यायाधीश श्री र्इश्वरप्रसाद खतिवडाको राय सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टरार्इले राय व्यक्त गर्ने क्रममा कि.नं. ६१ को जग्गा रामचन्द्र गुठीको भनेपछि रामचन्द्र मन्दिरसँग सम्बन्धित गुठी रहेछ भन्ने बुझ्नु पर्ने । बत्तिसपुतली थुम्कोमा अवस्थित सो गुठी कमाण्डिङ कर्णेल सनकसिंह टण्डन क्षेत्रीले वि.सं. १९२८ मा स्थापना गरेको, सनकसिंहले श्री रामचन्द्रसमेतको स्थापना गरी पञ्चामृतसहित नित्य पूजा आजा, श्रद्धा, मन्दिरको संरक्षण र व्यवस्थापनसमेतको लागि आफ्ना किनुवा बिर्ता ३२७ र सरकारबाट रिझमा पाएको ४६ रोपनीसमेत ३७३ रोपनी जग्गा र सोही स्थानमा उनकी छोरी महाकुमारीले श्री महा कुमारेश्वरसमेतका स्थापना गरी २५ रोपनी गुठी राखेको, त्यसैगरी सोही स्थानमा मन्दिर स्थापना गरी २५ रोपनी गुठी राखेको, त्यसैगरी सोही स्थानमा मन्दिर स्थापना गरी निलध्वज वर्माले मिति १९८१ सालमा पाँच रोपनी गुठी राखेको भनी ऐतिहासिक स्रोत अभिलेखको उद्धरण (Citation) गरी सन्दर्भ तथ्यको विश्लेषण गर्नुभएको पाइन्छ । उपर्युक्त तथ्यहरू समेतका मिसिल संलग्न कुनै पनि कागजातबाट वस्तुनिष्ठ प्रमाणबाट दाबीको जग्गा राजगुठी वा गुठी संस्थान अधीनस्थ जग्गा रहेको पुष्टि भएको पाइँदैन । प्रस्तुत निवेदनमा दाबीको जग्गालार्इ निवेदकले रामचन्द्र निजी गुठी हो भनेकोमा यसै प्रकृतिका अन्य कित्ताको सम्बन्धमा विवाद उठेकोमा रामचन्द्र गुठीको जग्गालार्इ निजी गुठी भनी बोलिएको पाइन्छ । दाबीको जग्गालार्इ रामचन्द्र निजी गुठीको भन्ने निवेदन जिकिर भएकोमा विपक्षीतर्फबाट राजगुठीको हो भनी प्रति जिकिर नलिएको अवस्थामा अदालत स्वयंले प्रश्न उठार्इ विवाद सृजना गर्न मिल्ने अवस्थासमेत हुँदैन । | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराईको रायसँग सहमत हुन नसकिएकोले निवेदकको मागबमोजिमको आदेश जारी हुने ठहरेकोले माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझार्इ दिनू । |
| मुद्दा नं. | ०७४-WF-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9987 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
