नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9978 · वि.सं. २०७५

नि.नं. 9978 — कर्तव्य ज्यान र रहजनी चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले अदालतमा बयान गर्दा आरोप स्वीकार गरेको अवस्थामा पनि निजको साबिती अन्य प्रमाणबाट पुष्‍टि हुनुपर्ने भन्‍ने सिद्धान्तलाई स्वीकार गरिसकेको हाम्रो फौजदारी न्याय प्रणालीले पुनरावेदकले जिकिर गरेजस्तो अधिकारप्राप्‍त अधिकारीसमक्ष प्रतिवादीले गरेको साबिती बयानलाई अन्य स्वतन्त्र प्रमाणले समर्थन नगरेको अवस्थामा वा अन्य स्वतन्त्र प्रमाणले प्रतिवादीउपरको आरोप पुष्‍टि नगरेको अवस्थामा प्रतिवादीका विरूद्धमा निरपेक्ष रूपमा प्रमाणमा ग्राह्य मान्‍न मिल्ने नदेखिने । (प्रकरण नं.२) अदालतले पक्षहरू आफ्नो दाबी वा जिकिरसाथ पेस गरेका प्रमाणहरूको परीक्षण गर्ने हुँदा यस्तो मौकामा कागज गर्ने व्यक्तिले अदालतमा बकपत्र गर्दा आफ्नो मौकाको भनाइलाई पुष्‍टि गर्न सक्दछ तर थप नयाँ भनाइ राख्‍न पाउँदैन र यदि नयाँ कुरा भनेमा सो हदसम्म प्रमाणमा ग्राह्य नहुने । (प्रकरण नं.४) कानूनले निषेध गरेको आपराधिक कार्य, कार्य गरेको अवस्थामा कानूनले निर्धारित गरेको तहको मनसायको संयोजन र सो कार्य गर्दा प्रतिवादीलाई कुनै छुट वा प्रतिरक्षा उपलब्ध थिएन भनी प्रमाणित गर्ने भार विधायिकी कानूनले अन्यथा व्यवस्था गरेको अवस्थामा बाहेक निरपेक्ष रूपमा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षमा रहने । वादी पक्षले आफ्नो अभियोग प्रमाणित गरेको अवस्थामा सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाइ पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको हदसम्म मात्र प्रमाण पुर्‍याउने भार निजमाथि रहने हो, प्रतिवादीको फुर्सद वा छुटको दाबीले वादी पक्षको विधायिकाले तोकेको दायित्वमा कमी आउने होइन । यसबाट प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान निजले पुष्‍टि गर्न नसकेको भन्‍ने आधारमा मात्र वादीले अन्य प्रमाणबाट अभियोग प्रमाणित गर्न नसकेको अवस्थामा दाबी ठहर गर्न मिल्ने नदेखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9978
मुद्दाको विषयकर्तव्य ज्यान र रहजनी चोरी
निर्णय वर्ष / मिति2074/02/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई | माननीय न्यायाधीश श्री विदुरविक्रम थापा
मुद्दा नं.०६७-CR-०६०३
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9978
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्