नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9977 · वि.सं. २०७५

नि.नं. 9977 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

जाहेरी दरखास्तमा नै उल्लेख नभएको कुरा पछि बकपत्र गर्दा सच्याएकोलाई प्रमाणमा लिन मिल्ने नदेखिने । (प्रकरण नं.४) एक समूहका व्यक्तिले अर्को समूहका वारदातमा संलग्न नै नभएका व्यक्तिहरूलाई पनि झुट्ठा पोल गर्ने सम्भावना रहने हुनाले केवल पोल गरेको भनाइकै आधारमा मात्र न्याय निरूपण गर्दा निर्दोष व्यक्ति पनि सजाय भागी हुनसक्ने सम्भावना रहने हुनाले वारदातको प्रकृति, पीडितको अवस्था, बकपत्र गर्ने व्यक्तिको पीडित र प्रतिवादीसँग भएको सम्बन्धसमेतलाई विश्लेषण गरी त्यस्तो अनुसन्धानमा बुझिएका व्यक्तिहरूले गरेको कागज तथा बकपत्रलाई ग्रहण गर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9977
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2074/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री रामप्रसाद ओली | माननीय न्यायाधीश श्री प्रकाश खरेल | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री शान्तिराज सुवेदी | माननीय न्यायाधीश श्री बलराम विष्ट | माननीय न्यायाधीश श्री तेजबहादुर राई
मुद्दा नं.०७१-CR-०८७०
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9977
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्