नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9976 · वि.सं. २०७५

नि.नं. 9976 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसैको सम्पत्तिमाथि अर्को व्यक्तिले कसैको हटक खिचोला बिना चोरी वा बदनियत नराखी शान्तिपूर्वक ढंगले लामो समयसम्म भोग कायम राख्‍दछ भने यस्तो लामो समयको भोगाधिकारबाट भोगकर्ताको स्वामित्वको उदय हुन पनि सक्ने । प्रतिकूल भोगाधिकारको लागि त्यस्तो भोग अविछिन्‍न र वास्तविक धनीलाई थाहा भएको हुनुपर्दछ । यस्तो भोग बलपूर्वक वा चोरी गरी वा बदनियतपूर्वक गरेको अवस्था हुनुहुँदैन । प्रतिकूल भोगाधिकारको समयावधि कानूनले तोकेको हुन सक्दछ । भोगाधिकार एउटा तथ्य हो, जुन अविच्छिन्नरूपमा लामो समय शान्तिपूर्वक कायम रही रहँदा स्वामित्व प्राप्त हुने एउटा आधार हुने सम्पत्तिसम्बन्धी विधिशास्त्रीय स्थापित मान्यता रहेको पाइने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9976
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2074/07/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णप्रसाद बास्तोला
मुद्दा नं.०६६-CI-१०३६ | ०६६-CI-१०३४ | ०६६-CI-१०३५ | ०६६-CI-१०३७ | ०६६-CI-१०३८ | ०६६-CI-१०३९ | ०६६-CI-१०४० | ०६६-CI-१०४१ | ०६६-CI-१०४२ | ०६६-CI-२०३८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9976
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्