नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9972 · वि.सं. २०७५

नि.नं. 9972 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन जग्गाको स्रोत नै जालसाजीपूर्ण रहेको छ । त्यस्तो जग्गाको सम्बन्धमा भए गरेको लिखतलाई सद्दे भनी व्याख्या गर्नु न्यायको मान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.६) जालसाजीपूर्ण कार्य जहिलेसुकै पनि गैरकानूनी नै हुन्छ । हदम्याद नभएको भन्ने आधारमा जालसाजीपूर्ण कार्यले वैधानिकता पाउन नसक्ने । गैरकानूनी तवरबाट प्राप्त हुन आएको सम्पत्ति कानूनसम्मत तवरबाट लिखत पारित गरेको भन्ने मात्र आधारमा कानूनसम्मत मान्न नमिल्ने हुँदा प्रतिवादीसमेतको अंश हक लाग्ने जग्गामा लिनुदिनु गरी भएको लिखत वादीको हकसम्म बदर हुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9972
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2074/08/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री हरिकृष्‍ण कार्की | माननीय न्यायाधीश श्री शिवराज अधिकारी | माननीय न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल
मुद्दा नं.०७०-CI-११३४ | ०५९–CP–०१९० | ०६९-CP-०१९० | ०६९-DP-०५८२
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9972
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्