नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9971 · वि.सं. २०७५
नि.नं. 9971 — लिखत बदर दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
छुट्टी भिन्न भइसकेपछि आमाले आफ्नो अंशको जग्गा छोरीलाई बकसपत्र दिन नपाउने भन्ने हुँदैन । बन्डापत्रमा कुनै सर्त लेख्दैमा सो सर्तले अंशियारलाई बाँध्दैन । अंशियारहरूबीच जियजियै बन्डा गर्नुपर्ने अंशको विषयमा बन्डापत्रद्वारा अंश हक प्राप्त गर्ने व्यक्तिले छुट्टिएका अन्य अंशियारहरूको मन्जुरी नलिई अंशको जग्गा बेचबिखन दान बकस गर्न पाउँदैन भन्नु भेदभावपूर्ण हुन जाने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9971 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2073/11/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०७०-CI-०८९७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9971 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
