नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9970 · वि.सं. २०७५

नि.नं. 9970 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै कानूनमा भएको बाधा अड्काउ फुकाउको व्यवस्था सो कानूनबमोजिम काम गर्दा आइपरेको कुनै बाधा अड्चन सो कानूनको समान्य व्यवस्थाले समाधान गर्न नसकेको अवस्थामा प्रयोग हुने विशेष व्यवस्था हो । सामान्य कानूनी व्यवस्थाले नै आइपरेको कुनै समस्या समाधानको बाटो देखाएको अवस्थामा बाधा अड्काउ फुकाउको विशेष व्यवस्थालाई जबरजस्ती रूपमा प्रयोग गर्न सम्बन्धित कानूनको मनसाय रहेको मान्न नमिल्ने । आफूखुसी ढङ्गबाट (Arbitrarily) बाधा अड्काउ फुकाउको व्यवस्थालाई प्रयोग गर्न थालियो भने त्यसबाट कानूनको वाञ्‍छित उद्देश्‍य हासिल हुन सक्दैन । कानूनको अन्य व्यवस्थाहरू आफैँमा स्पष्ट भइरहेका बेला जबरजस्ती बाधा अड्काउ फुकाउको बहानामा अनपेक्षित परिणाम निकाल्नुलाई उचित मान्न नसकिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9970
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/11/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७३-WO-१२३८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9970
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्