नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9966 · वि.सं. २०७५

नि.नं. 9966 — बच्चा जिम्मा लगाई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

फिराद दायर हुनुअघि नै लोग्ने स्वास्नीको महलको ३ को देहाय २ नं.को कानूनी व्यवस्था लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ ले खारेज गरिसकेको देखिन आएकाले फिराद माग दाबीबमोजिम वादीलाई न्याय प्रदान गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं.४) मुलुकी ऐन, लोग्नेस्वास्नीको महलको कानूनी व्यवस्थाको ३ नं. को देहाय १ मा आमाले आफैँ पाल्न चाहेमा निजले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्छ भन्ने उल्लेख भएबाट ५ वर्ष नपुगेका वा ५ वर्षदेखि माथिका नाबालक पाल्ने पहिलो दायित्व आमामा नै रहेको र निजले पाल्न नचाहेमा मात्र बाबुले पाल्न पाउने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9966
मुद्दाको विषयबच्चा जिम्मा लगाई पाऊँ
निर्णय वर्ष / मिति2074/12/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
मुद्दा नं.०६८-CI-०१४७
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9966
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्